मेलम्ची खानेपानी आयोजनाले बगाएका इन्जिनियर मृत भेटिए

शुसिल सुबेदी
मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुट्दा आएको बाढीले बगाएक इन्जिनियर सतिश गोहित मृत भेटिएका छन् ।
 मेलम्ची नगरपालिका ११ स्थित पाल्चोकी क्रसर उद्योग नजिक इन्जिनियर गोहितको शव भेटिएको  ईलाका प्रहरी  कार्यालय  मेलम्ची का प्रहरी निरीक्षक फल बाहादुर तामाङ  ले जानकारी दिनुभएको छ ।
मंगलबार सुरुङ फुटेर पानी फर्कंदा सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहितलाई बगाएको थियो । सुरुङको १७ नम्बरको गेट फुट्दा काठमाडौं जानुपर्ने पानी मेलम्ची खानेपानीको मुहानतर्फ नै फर्कदा दुई जनालाई बगाएको हो ।
मेलम्ची नदीले बगाएको चारमध्ये दुई जनालाई मंगलबार घाइते अवस्थामा भेटिएका थिए ।  घाइतेद्वय शेखर खनाल र दावा लामालाई उद्धार गरी काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।  मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको थियो।

, , ,