क्यान्सर पिडित नानुको उपचारको लागि सहयोग

चौतारा, साउन १० । 
लामो समय देखि क्यान्सरले थलिएकी वलेफी– ६ मांखाकी नानु तामाङ  काो उपचार सहयोग जुटेको छ ।
 नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा उपचाररत नानुको उपचारमा कुपकन्या कृषि सहकारि का अध्यक्ष तेजवहादुर पराजुलि र माङ्खा काठमाण्डौ सम्पर्क समाजका अध्यक्ष कृष्ण कोपिलाले एक लाख चार हजार सहयोग हस्तान्तरण गरेका हुन् । सिन्धुपाल्कोक दक्षिण कारिया समाज का तर्फवाट वेदनाथ आचार्य मार्फत वाउन्न हजार र वाकि दुवै सस्था सम्वद्व सदस्यवाट आर्थिक सङ्कलन भएको हो। 
‘गत वर्ष पेटमा ट्यूमर पलायो । त्यसको अप्रेसन पनि भयो । अव त ठीक हुन्छ भन्नेमा थिए, तर पछि आएर थाहा भो आन्द्रामा क्यान्सर भएछ ।’ उपचाररत नानुले पीडा पोख्दै भनिन्, ‘एक वर्ष निरन्तर उपचार गर्दा सात लाख जति सकियो । अव उपचार गर्न सक्ने अवस्था थिएन । सहयोग  पाएको रकमले उपचार गर्छु ।’ 
। विपन्न नागरिकलाई गम्भिर प्रकृतिको रोगको उपचार वापतको सहुलियतमा उपचार गराँउदै रहेको परिवार स्रोतले जनाएको छ । उपचारमा अझै रकम अपुग हुने परिवारले जनाएको छ । उपचारको लागि थप आर्थिक समास्या रहेको भन्दै नानुले सहयोगको लागि अपिल गरेकी छिन् । ९८१३४५४७३९ उनको सम्पर्क नम्वर हो ।

, , , ,