कोरोना शुन्य भएको २४ घण्टा नबित्दै जिल्लामा पुनः ४ जनामा कोरोना संक्रमण

अर्जुन शर्मा, चौतारा, साउन १३ । 
कोरोना शुन्य भएको २४ घण्टा नबित्दै सिन्धुपाल्चोक जिल्लामा पुनः  १ जना मिहना सहित ४ जनामा कोरोना संक्रमण देखिएको छ । 
मेलम्चि नगरपालिका ३ जना र पाँचपोखरि गाँउपालिकाका १ जना पुरुष सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारि कृष्ण तिवारिले जानकारि दिनुभएको छ । यो सँगै सिन्धुपाल्चोक जिल्लामा हालसम्म ६९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।  सोमबारसम्म संक्रमितमध्ये ६३ जनाले कोरोना जितेर घर फर्किएका छन् भने २ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ । 
भारत, मलेसिया, दुबै र सर्लाहीबाट फरक फरक मितिमा आएमा उनिहरुको कोरोना रिपोर्ट मंगलबार बिहान पोटेटिभ आएको हो । उनिहरु मेलम्चीमा रहेको जाल्पादेवि माध्यमिक बिध्यालय बाहुनेपाटिमा रहेका छन् । उनिहरुको साउन ११ गते कोरोना परिक्षणको लागि स्वाव संकलन गरि टेकु प्रयोगशालामा पठाईएको थियो । 

जिल्लामा देखा परेका सबै संक्रमितहरुले कोरोना जितेर घर फर्किए सँगै जिल्ला सोमबार बिहान १० बजेबाट जिल्ला कोरोना मुक्त भएको थिो । कोरोना संक्रमण देखिएर आइसोलेसनमा रहेका सबै विरामी घर फर्किएपछि तत्काललाई सिन्धुपाल्चोक कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिनुभएको थियो । 

, , , , , ,