खुकुरी प्रहार गर्ने सोम बहादुर पक्राउ

लोकप्रिय सम्बाददाता, साउन १४ ।
धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाइ प्रहरिले पक्राउ गरेको छ । 
मेलम्ची नगरपालिका वडा नम्बर ४ बस्ने थानकुनेका सोम बहादुर तामाङलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभएको छ र मंगलबार साँझ सोहि ठाउका साइला तामाङ संग सामान्य भनाभन हुदा सोम बहादुरले खुकुरी प्रहार गरेका थिए ।
खुकुरी हानेको सुचना पाउनासाथ इलाका प्रहरी कार्यालय मेलम्ची र भोटेचौरको टोलिले सोम बहादुर लाइ घर नजिकै लुकिरहेको अबस्थामा पक्राउ गरेको प्रहरिले जनाएको छ।घम्भीर घाइते साइलाको दिर्घायु अस्पातल काठमाण्डौमा उपचार भईरहेको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।
खुकुरी प्रहार गर्ने सोम बहादुर लाइ नियन्त्रणमा लिएर आज जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप आदेश लिइ अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको प्रहरी निरिक्षक तामाङले जानकारी दिनुभयो ।

, , ,