सहमति कार्यान्वयन गर्न कमल थापाको जोड

काठमाण्डौ,  साउन १६ । 
 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न माग राखी लामो समयदेखि सत्याग्रहमा रहेका “इनफ इज इनफ” अभियानका अभियान्ता ईः को स्वास्थ अवस्था बारे जानकारी लिनुभएको छ ।
 काठमाण्डौको बसन्तपुर पुगी थापाले “इनफ इज इनफ” अभियानमा पार्टीको तर्फबाट ऐक्यवद्धता समेत प्रकट  गर्नुभएको छ । 
त्याग्रहीहरुसँग भएको सहमतिप्रति सरकार इमान्दार हुँदै तत्काल कार्यान्वयन गर्न थापाले जोड दिदै थापाले “इनफ इज इनफ” अभियानले शुक्रबार  बालुवाटार क्षेत्रमा गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको समेत  निन्दा गर्नुभयो । संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले काठमाण्डौ उपत्यकासँगै मुलुकका ठुला शहरहरुमा संक्रमण डरलाग्दो रुपमा देखिन थालेकोमा चिन्ता  व्यक्त गर्दै कोरोना महामारी नियन्त्रणमा सरकार निष्प्रभावी भएको भन्दै सरकारको आलोचना समेत गर्नुभयो । थापासँग पार्टीका नेताहरु पूर्वमन्त्री विक्रम बहादुर थापा, चन्द्र बहादुर गुरुङ्ग, राजाराम बर्तौला लगायत सहभागी हुनुहुन्थ्यो ।  

, , , ,