भीमोदय मावि चितवनका प्रअ डा. कँडेललाई एसियाकै उत्कृष्ट प्रअको अवार्ड

लोकप्रिय रिपोर्टर, साउन ०९ । 
काठमाडौं  भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् । 
५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै (च्भकभबचअज गलमभच ष्तिभचब िबअअभकक ९च्ग्ीब्०ष्लतभचलबतष्यलब िबधबचम) अवार्डका लागि छनोट गरिएको हो ।
सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १० औं संस्करण यो वर्ष अक्टोवर १५ मा सम्पन्न हुँदै छ ।  दुवईको  दुवई  मलमा प्रधान कार्यालय रहेको संस्थाले जुलाई २१ का दिन आफ्नो अफिसियल पेजमा नेपालका डा. कँडेललाई अवार्ड विजेता  भएको ब्यानर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा खुसियाली छाएको देखिन्छ ।
त्यसैगरी डा. कँडेललाई कालिका नगरपालिका चितवन र शिक्षक संघ बागमती प्रदेशले पनि यस अघि उत्कृष्ट प्रअको रुपमा सम्मान गरिसकेको छ ।
२०५६ सालदेखि विज्ञान शिक्षकका रुपमा शिक्षण पेशामा प्रवेश गरेका डा. कँडेल २०६३ सालमा स्थायी, २०६९ मा द्वितीय श्रेणीमा बढुवा हुँदै  २०७१ असारदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहँदै आएका छन् । 
फरक काम गर्न भन्दा पनि हरेक काम फरक ढंगमा गर्न मन पराउने डां कँडेल प्रअको भुमिकामा आउन साथ विद्यालयले छोटै समयमा कायापलट गर्न सफल भएको छ । केहीवर्ष अघि जिल्लामै गुमनाम विद्यालय डा. कँडेलको नेतृत्वमा आज मुलुककै उत्कृष्ट विद्यालयहरुको माझमा दह्रिन पुगेको छ । 
उनकै नेतृत्वमा विद्यालयले सूचना प्रविधियुक्त सिकाइको क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएको छ ।  एउटै शिक्षकले एउटा विषय पढाउँदा विद्यार्थीलाई ‘मोनोटोनस’ हुन्छ भनेर एउटै विषय पनि फरक–फरक शिक्षकले पढाउने व्यवस्था गर्ने देखि ११ र १२ मा गणित पढाउने शिक्षकहरुले पनि नौ र १० मा गणित पढाउने, ९ का गणित पढाउनेले ११ पढाउने व्यवस्था गरिएको छ ।
विद्यालयले हरेक कक्षामा सिसिटिभी, स्मार्ट बोर्ड र  हरेक शिक्षकलाई एउटा–एउटा ल्यापटप निःशुल्क उपलब्ध गराएको छ । शिक्षकलाई खोजेर, स्लाइड बनाएर प्रोजेक्टरको माध्यमबाट पढाउन अनिवार्य गरिएको छ । ४० हजार बढी किताबको सफ्ट कपि सहितको ई–लाईब्रेरीको व्यवस्था गरिएको छ । 
विद्यालयमा हरेक शिक्षकका लागि दराज, ल्यापटप, पिउने पानीका लागि फ्रिजको व्यवस्था गरिएको छ । अतिरिक्त कक्षा लिने शिक्षकलाई थप सुविधा साथै, शिक्षकहरुलाई दण्ड र सजायको पनि व्यवस्था गरिएको छ । 
शिक्षकहरुलाई पढाएको विषयमा गत वर्षको भन्दा नतिजा बढी ल्याउनैपर्ने व्यवस्था गरिएकोछ । आफ्नो विषयमा सबै विद्यार्थीलाई ८० प्रतिशत बढी अंकसहित उत्तीर्ण गराएमा एक तोलाको गोल्ड मेडल दिने र कमजोर नतिजा ल्याए तल्लो कक्षामा पढाउन लगाउने, स्पष्टिकरण दिने व्यवस्था गरेका छ । एक वर्ष कमजोर नतिजा ल्याउने शिक्षकले अर्को वर्ष सोही कक्षा पढाउन नपाउने व्यवस्था गरिएको छ ।
बालमैत्री डेस्कबेञ्च र कर्नर पुस्तकालय र कक्षाकोठामा दराज, जुत्ता दराजको व्यवस्था गरिएको छ विद्यालयमा ।  संस्थागत विद्यालयका अंग्रेजी माध्यमका जुन पाठ्यक्रम र पाठ्यपुस्तक छ, त्यो नै लागू गरिएको छ ।

, , , ,