बाढी पिडितको लागि चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोग

चौतारा, असार ३० । 
 भोटेकोशी गाउपालिका र बाह्रबिसे नगरपालिकाको बिभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानबिय र भौतिक क्षति भएको दुखद घडिमा पिडितहरुलाई केही राहत मिलोस् भन्ने हेतुले  चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट भोटेकोशी गाउपालिकालाई रु २ लाख र बाह्रबिसे नगरपालिकालाई रु ३ लाख गरि रु ५ लाख सहयोग रकमको छुट्टाछुट्टै चेक बुधबार एक भेटघाट कार्यक्रम मार्फत हस्तान्तरण गरेको छ। 
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा अनुशासन बिभाग प्रमुख अमृत कुमार बोहरा, बागमती प्रदेशका उध्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, नेकपा प्रदेश कमिटी सल्लाहकार तथा चौतारा सागाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङ, नेकपा प्रदेश कमिटी सदस्य सुबास कर्माचार्य, नेकपा प्रदेश कमिटी सदस्य झम्क पराजुली, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल र उपप्रमुख भगवती नेपाल, नेकपा प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष झम्क नेपाल लगायत नेकपा का नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा मेलम्ची नगरपालिकाले पनि बाह्रबिसे नगरपालिका लाई रु ३ लाखको चेक हस्तान्तरण गरेको थियो । उक्त कायक्रम सङ्गै प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको थियो।
स्थलगत अनुगमनका क्रममा प्रभावितहरुलाई यथासक्य छिटो सहयोग उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचना छिटो भन्दा छिटो निर्माण गराउन आवस्यक सहजीकरण गरिने सबैले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । 

, , , ,