चिनको न्यालम क्षेत्रमा लगातार वर्षा, सतर्क रहन जिल्लाबासी लाई अनुरोध

रूपक पुरी,चौतारा । 
चीनको न्यालमस्थित उच्च हिमाली भेगका विभिन्न तालमा पानीको सतह केही घट्दै गएको भनी चिनियाँ अधिकारीवाट अनौपचारिक सूचना प्राप्त भएपनि निरन्तर वर्षा भईरहेकाले ताल फूट्न सक्ने खतरा अझै नटरिसकेको भन्दै भोटोकोशी तटीय क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
चिनको न्यालम हिमताल रहेको क्षेत्रमा लगातार वर्षा भईरहेकाले न्यालम क्षेत्रका विभित्र ताल फुट्नसक्ने जानकारी प्राप्त हुनासाथ जिल्ला विपत ब्यवस्थापन समिति कमान्ड पोष्टको बैठक बसेको हो । चीनसँग कुटनैतिक पहल गरि आबश्यक ब्यवस्था मिलाउन समेत परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने कुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय र विपद ब्यबस्थापन समिति कमान्ड पोष्टले विपदको समयमा हुनसक्ने जोखिम  न्यूनीकरण गर्न र सम्भावित जोखिमबाट बचाउन पूर्व सूचना प्रणाली स्थापना गर्न पहल सुरू गरेको छ । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार केहीदिन अघिको वर्षाको कारण क्षति हुन पुगेको चौतारा अस्पतालको लागि माग भएको १० थान त्रिपाल रेडक्रस सोसाईटी मार्फत उपलब्ध गराउने निर्णय भएको छ ।

, , ,