कोरोनाबाट बचौँ र बचाऔँ भन्दै चौतारा बजारमा माइकिङ
चौतारा, असार ३० ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, नेपाल रेडक्रस सोसाईटी र नगर स्काउट चौतारा सिन्धुपाल्चोकको संयुक्त आयोजनाबाट सुरक्षित रहन चौतारा बजारमा माइकिङ गरेको छ ।
पछिल्लो समयमा केहि हदसम्म लकडाउन खुकुलो हुँदा बजारमा मानिसको भिड बढेको र यसले संक्रमण फैलाउन सक्ने भन्दै यस किसिमको जनचेतनामुलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी माधब काफ्लेले जानकारी दिनुभएको छ ।
घरबाट बाहिर निस्कदाको अवस्थामा माक्सको प्रयोग गरौ भिडभाड नगराँै, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौँ विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोगबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने जस्ता नाराहरु माइकिङ गरिएको थियो ।