मेलम्चीमा पनि सहल, प्रति केजी २०० रुपियाँ दिने नगरको घोषण

चौतारा, असार १८ । 
मेलम्ची नगरपालिका वडा नं ९ मा सलह देखापरेको छ । थोरै संख्यामा आइपुगेको सहलले बाली खान थालेको छ ।
स्थानीयवासीहरु सहल लखेट्न तथा संकलन गर्न जुटेको किसान चिनबहादुर तामाङले बताउनुभयो ।
यसैबीच मेलम्ची नगरपालिकाले सहल संकलन गरेर ल्याउनेलाई प्रति केजी रु. २ सय दिने घोषणा गरेको छ । विषादी छर्केर वा कुनै पनि तरिकाले सहल भगाउन कृषि शाखा सक्रिय रहेको कृषि प्राविधिक हरिगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
किसानहरुका बाली क्षति हुन नदिनका लागि नगरले सक्रियताका साथ काम गरिरहेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभएको छ । यसअघि जुगल गाँउपालिका, पाँचपोखरी गाँउपालिका र त्रिपुरासुन्दरी गाँउपालिकामा पनि सहल देखिएको थियो ।

, , , ,