बाढी पहिराले स्थानिय त्रसित, सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

अर्जुन शर्मा  चौतारा, असार  २६ । 
अविरल वर्षा संगै जिल्लामा बाढी पहिरोको कारण  ठुलै संख्यामा मानबिय तथा भौतिक क्षति भएपछि जिल्ला प्रशासन कार्यालयले जोखिमयुक्त ठाँउबाट सुरक्षित ठाँउमा जान स्थानियहरुमा आग्रह गरेको छ ।
बिगत केही दिन देखिको अबिरल बार्षाको कारण जिल्लामा बाढी पहिरोका घटनाहरु बढिरहेका छन् । बाढी पहिरोको घटनाले स्थानिय बासीहरु  त्रसित भएका छन । बाह्रबिसे वडा नं. ५ जम्बुमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएमा २० जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढी पहिरोले बेपत्ता भएकाको खोजि जारी राखिए पनि अझै फेला पर्न सकेका छैनन् ।
यस्तै शुक्रबार बिहान अरनिको राजमार्गको लार्चामा पहिरो गएको छ । पहिरोमा परि  दुई जना बेपत्ता भएको स्थानीयले बताएका छन् । लार्चाका अधिकांश नदी किनारका घरमा क्षति पुगेको छ । निरन्तरको वर्षा र भोटेकोशी नदीले दर्जनौ स्थानमा सडक कटान गरेकोले प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन ।
जताततै पहिरो गएको भोटेकोशीमा टेलिफोन र सडक सुचारु छैन । कहाँ कति क्षति भयो भन्ने समेत आँकलन गर्न मुस्किल भएको भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभएको छ । दुई दिनदेखि भएको अविरल वर्षा र भोटेकोशीको वितण्डा शुरु भएपछि स्थानिय भागाभाग गर्न थालेका छन् ।
निरन्तर बर्षाको कारण भोटेकोशीको बहाव तीब्र गतिमा बढ्दै गएपछि बाह्रबिसेको पुरानो बजारमा बाढी पस्ने खतरा बढेको छ । स्थानीय तहले बाढीबाट बच्न घरको सामान सार्न र सुरक्षित स्थानमा जान आव्हान गरेको छ ।
बाह्रबिसेको खोर्सानीबारीस्थित प्रहरी चौकी भन्दा करिव ३ सय मिटर तातोपानीतर्फको सडक कटान गरिसकेको छ । यस्तै लामोसाँघु बजारको पश्चिम भेगका वासिन्दाले घर छाडिसेका छन् । सुनकोशीले तल्लो भागबाट कटान गर्न थालेपछि उनीहरुले घरको सामान सारेका हुन् ।
यस्तै भोटेकोशी गाउँपालिका–१ लिस्ती स्थित पाउगुम्बा बस्ती भासिन थालेको छ । गाँउनै भासिन थालेपछी स्थानीयले घर छाडेका छन् ।  लिस्तीमाई मन्दिर छेउका ७० घर जोखिममा छन् भने १० घरलाई पहिरोले कटान सुरु गरिसकेको छ । 
यस्तै विहिवार राति देखि भएको अविरल वर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिका क्षेत्रका लिदी , नाम्फा लगायत विभिन्न ठाउँमा पहिरोले घरहरु मा क्षेति पुगेको गाँउपनलिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभएको छ । पहिरोले बलेफी हाईडेपावर कम्पनीको ईन्ट्यांक, हेभि ईक्युवमेन्ट हरुमामा समेत क्षति पुगेको उहाँले जानकारी दिनुभएको छ । 
यस्तै अविरल वर्षाका कारण जिल्लाको जुगल गाँउपालिका हुँदै बग्ने ब्राम्हायणी नदिको, इन्द्रावति नदि लगायतका स –साना नदिहरुमा पनि बाहब बढेको छ । यसरी जिल्लाका सबै नदिहरुमा बहाब बढेसँगै सुरक्षित रहन सम्पुर्ण  स्थानिय तहहरुले जनतालाई आग्रह गरेका छन् । 
बाढी पहिरोको कारण  जुरे पहिरोदेखि नै अरनिको राजमार्गमा क्षति पुगेको हुँदा घाइतेको उद्धार तथा बेपत्ताको खोजि कार्यमा समस्या देखा परेको छ । 

, , , ,