बाढी पिडितलाई चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग गर्ने
चौतारा, असार ३० ।
नगरपालिकाले बाढी पहिरोबाट क्षति पुगेको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकालाई रकम सहयोग गर्न लागेको हो ।
असार २४ गते रातिको अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिकाका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको दुःखद् घडीमा पीडितलाई केही राहत मिलोस् भन्ने हेतुले नगरपालिकाले बाह्रबिसे नगरपालिकालाई रु तीन लाख र भोटेकोशी गाउँपालिकालाइ रु दुई लाख र गरी रु पाँच लाख सहयोग गर्न लागेको नगरप्रमख अमान सिं तामाङले जानकारी दिनुभएको छ ।
असार २४ गते रातिको अविरल वर्षाका कारण २ पालिकामा गरी पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन् ।