ऋण तिर्न नसकेर अपहरणको नाटक गर्ने ब्यक्ती पक्राउ

नेत्रबहादुर बस्नेत, साउन १६ । 
आफै आफ्नो अपहरणको नाटक गर्ने ब्यक्तीलाई सिन्धुपाल्चोक प्रहरीले  १८ घण्टा भित्रै पक्राउ गरेको छ ।
सिन्धुपल्चोक जिल्ला बाह्रविसे नगरपालिका ४ सानो पलातीका ३२ वर्षका जीवन खत्रीले ऋण तिर्न नसकेपछि आफु अपहरणमा परेको नाटक गरेका थिए । 
प्रकाउ परेका खत्रीलाई अपहरको नाटक गरी झुटा अपबाह फैलाइ समाजमा समेत नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना माधब अधिकारी काफ्लले जानकारी दिनुभएको छ । सचना अधिकारी काफ्लेका अनुसार साउन १३ गते राति साढे १२ बजे घरमा सुतिरहेको अवस्थामा चार पाँच जनाको समुहमा अज्ञात ब्यक्तीहरु आएर घरबाटै अपहरण गरेको भन्ने ब्यहोराको उनकै आफन्तले बाह्रबिसे प्रहरीमा सुचना दिएका थिए ।
त्यसपस्चात अपहरणमा परेका भनिएका खत्रीलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा तथा जिल्ला प्रहरी कार्यालय समेतबाट खोजतलास सुरु गरीएको थियो ।
साउन १४ गते साझ ७ बजेको समयमा खत्रीलाई सुनकेशी गाउँपालिका ५ यमुनाडाँडामा फुपुको घरमा भेटिएपछि प्रहरीले सोधपुछ सुरु गरेको हो । घटना सम्बन्धमा बुझ्ने क्रममा आफुलाई २ लाख रुपैँया ऋण भएको र सो ऋण तत्काल तिर्नुपर्ने भएकाले गाउँमा ऋण तिर्न नसकेको भनि कसैले थाहा पाएमा लाज हुने भन्दै आफुलाई अज्ञात समुहले अपहरण गरेको भनी नाटक गरेको भनेका छन् । आफ्रनो श्रीमतीलाई समेत यो कुराको जानकारी आफुले दिएको भन्ने ब्यहोराको सोधपुछका क्रममा बयानमा खत्रीले बताएका प्रहरीको भनाई छ ।
प्रहरीले जीवनको मोबाइल लोकेसनबाट उनलाई फेला पारेको हो । उनले गलत प्रचार गरि राज्यको स्रोत र जनशक्तिलाई गलत प्रयोग गरेको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिन’भयो । वर्षदिन अघिदेखि गाउँमा कुखुरा पालन गरर बसेका खत्रीले ऋण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने र उनलाई तिर्न नसकेपछि लाज भएकै कारण यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

, , ,