आइतबार मात्रै १ हजार ४६२ जनाले जिते कोरोना

अर्जुन शर्मा, चौतारा, असार १७ । 
नेपालमा आइतबार साँझ सम्म थप १ हजार ४ सय ६२ जना कोरोनामुक्त देखिएको पछि डिस्चार्ज भएका छन् ।
पछिल्लो पटक विभिन्न अस्पतालबाट १ हजार ४६२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभएको छ । यो सँगै कोरोना जित्नेको संख्या ४ हजार ६ सय ५६ जना पुगेको छ ।  कोरोना संक्रमणबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । 
आइतबार दिँउसो ४ बजेसम्म देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कुल ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३६५ पुरुष र ११७ महिला रहेको  प्रवत्ता गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिनुभयो । यो सँगै  नेपालमा संक्रमितको संख्या कुल १४ हजार ४६ पुगेको छ । तीमध्ये एक हजार ७७४ महिला र १२ हजार २७२ पुरुष छन् ।
यस्तै कोरोना भाइरस संक्रमणबाट आइतबार थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अछाम जिल्ला रामारोशन गाउपालिका–५ का ४५ वर्षीय पुरुषको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उनको यही असार १४ गते सोही ठाउँको वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनीसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

, , ,