नेवाः देय् देवुद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

चौतारा,साउन ११ । 
नेवाः देय् देवुले जिल्ला प्रशासन कार्यालय मार्फत सम्माननिय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 
काठमाण्डौ उपत्यकामा आदीवासी नेवाः  किसान एवं स्थानीयबासीले आफ्नो क्षत्रमा मञ्जुरीनामा बिना ल्याएको राष्ट्रिय गौरभको योजनाको भनिएको आयोजना संचालन गर्दा नेवाः आदिवासीको मात्र नभइ नेपालकै प्रतिक बनेको संकृतिहरुको नास हुने भन्दै यस कार्य तत्काल बन्द गर्न ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको हो । 
नेवाः देय् देवुका केन्द्रिय सदस्य तथा ३ नं प्रदेशका सहइन्चार्ज हरिकुमार श्रेष्ठले हस्ताक्षर गरिएको ज्ञापन पत्रमा भनिएको छ, सरकारले उक्त क्षत्रमा गरिरहेको विभेदकारी नीति, निन्दनीय, बाँच्न पाउने अधिकार बिरोधी कार्य तत्काल रोक्न र उक्त स्थानको आदिवासी किसान तथा स्थानियवासीको मागलाई अभिलम्ब सम्बोधन गर्न जोडजार माग गरिएको छ । साथै सरकारले गरेको धरपकड दमन र अन्य मानव अधिकार बिरोधि कदम तत्काल बन्द गरी सम्बन्धित पक्षको सहमतिमा उचित बिकल्प अपनाउन गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौँ, ज्ञापन पत्रमा भनिएको छ ।

, ,