बाढी प्रभाबितको उद्धारको लागि प्रदेश मन्त्रीद्धय सिन्धुपाल्चोक प्रस्थान
अर्जुन शर्मा, चौतारा, असार २५ ।
घाइतेको उद्धारको लागि बागमति प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल हेटौडाबाट घटनास्थाल सिन्धुपाल्चोक प्रथान गर्नुभएको छ ।
सिन्धुपाल्चोक जिल्लको बाह्रविसे नगरपालिका र भोटेकोशी गाँउपालिका गएराती आएको भीषण बाढीबाट प्रभावितको उद्दारका लागि मन्त्रीद्धय त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सोही टोलिमा काठमाडौंबाट प्रदेश सरकारका कानूनमन्त्री शालिकराम जमरकट्टेल पनि सिन्धुपाल्चोक प्रस्थान गर्नुहुने छ ।
यस अगि नै घटना स्थल हिडेका सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोलि प्रतिकुल मौसमका कारण धुलिखेलबाट हेलिकप्टर फर्किएको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । यस्तै घाइतेको उद्दारको लागि आएको नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा सहितको टोली पनि घटना स्थल पुग्न सकेको छैन् । सो हेलिकप्टर अहिले काभ्रेको मंगलटारमा अवतरण गरिएको छ ।