खानेपानी मन्त्रालयले जनप्रतिनिधि संग समन्वय नगरेको भन्दैे बिरोध

अर्जुन शर्मा,चौतारा असार २२ । 
सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा पानी पथान्तरण सुरुवात गरेको घटनाप्रति स्थानिय तहहरुले दुख प्रकट गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधि, सरोकारवाला निकायहरुबीच मेलम्चीमा भएको छलफलमा सरोकारवालासँग कुनै समन्वय नै नगरी मन्त्रालयले गरेको हर्कतबारे दुख प्रकट गरेको हो ।
आइतबार सरकारले मेलम्चीको पानी सुरुङबाट काठमाडौँ पठाएको थियो । उक्त पानी परीक्षण उद्घाटन प्रमुख जिल्ला अधिकारी उमेस कुमार ढकालले गर्नु भएको थियो । तर जिल्लाका कुनैपनि स्थानिय तहका जनप्रतिनिधिलाई खबर समेत गरिएको थिएन् । आइतबार खानेपानी मन्त्रालय र मेलम्ची आयोजनाले सुटुक्क मेलम्चीको पानी परीक्षण गर्न भन्दै सुरुङबाट काठमाडौं पठाएको थियो उक्त कार्यको काठमाडौँमा खानेपानी तथा सरसफाई मन्त्री विना मगरले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभएको थियो । 
आइतबार पत्रकार सम्मेलन कार्यक्रममा मन्त्री मगरले सिन्धुवासीलाई दिएको अभिव्यक्तिबारे पनि जनप्रतिनिधिहरुको ध्यानाकर्षण भएको समेत जनाइएको छ ।
खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्चीको पानी सिन्धुवासीको भएपनि त्यसबारे कुनै सम्बोधन नगरी पानी काठमाडौं आएको भन्दै मन्त्रालय र खानेपानी विकास समितिलाई मुख्य श्रेय दिनुभएको थियो उक्त अभिव्यक्ति तुरुन्त सच्याउन माग गर्दै आउँदा दिनमा यसैगरी निर्णय गरे थप समस्या हुने चेतावनी दिइएको छ ।
यसै सन्र्दभमा गरिएको पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितीका प्रमुख कृष्ण गोपाल तमाङ मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल रा.प्र.पा २ न क्षेत्रीय अध्यक्ष फडिन्द्र दाहाल हेल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तमाङ उपाध्यक्ष चिरन तमाङ ईन्द्रवती सरोकार समितिका अध्यक्ष बिष्णुमणी आचार्य लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले लेबी र स्थानियको माग पुरा नगरि पानी लगे आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
लेभी, मजदुर, कर्मचारी र सप्लायर्सहरुको समस्या र विकासनिर्माण सम्बन्धमा तत्काल निर्णय लिन पनि बैठकले ध्यानावर्षण गरेको छ ।

, , , , , ,