८० बर्षकी श्रीमति हत्या गर्ने श्रीमान पक्राउ

चौतारा,साउन ४ । 
आफ्नै श्रीमतीलाई हत्यागर्ने श्रीमान पक्राउ परेका छन । 
आफ्नै ८० बर्षिया श्रीमतिको घाटि रेटि हत्या गर्ने मेलम्ची नगरपालिका १३ छाप भञ्ज्याङका ७७ बर्षीय भैरबसिंह तामाङलाई शनिबार प्रकाउ गरिएकाृ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी माधबप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । तामाङले  आफ्नै श्रीमति ८० बर्षकी बुद्धिमाया तामाङको खुकुरी प्रहार गरि हत्या थिए ।  तामाङले खुकुरी प्रहार गरि घर भन्दा ५० मिटर अगाडि जङ्गलमा टाउको लुकाएको भेटिएको सुचना अधिकारी काफ्लेले जानकारी दिनुभयो ।
उक्त घटनाको प्रहरीले अनुशन्धान शुरु गरेता पनि के कारणले भयो भन्ने खुलेको छैन । अहिले प्रहरिले अभियुक्त लाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

, ,