अरनिको राजमार्गको जुरे सडकखण्ड सुचारु

लोकप्रिय समाचार, बाह्रबिसे, असार २७ । 
जब्बु बाढीले दुई दिनसम्म अबरुद्ध बनेको अरनिको राजमार्गको जुरे सडकखण्ड सुचारु गरिएको छ ।
सडक बिभागले बाह्रबिसे नगरपालिकाको सक्रियतामा जुरे खण्डमा नयाँ ट्रयाक खोलि सडक सुचारु गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सडक विभागका अधिकारी लगायत सम्वद्व निकायका अधिकारीलाई भेट गरि तत्काल अबरुद्ध सडक खुलाउन निर्देशन दिनुभएको थियो ।
बाह्रबिसे सम्म सबारी आउजाउ हुने भएपनि  माथिल्लो भेगमा दर्जन भन्दा बढी स्थानमा नदीले सडक कटान गरेकाले भोटेकोशी गाउँपालिका सडक सम्पर्क विच्छेद नै छ ।

, , ,