सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ३५ पुग्यो


अर्जुन शर्मा, चौतारा, असार १८ । 
सिन्धुपाल्चोक जिल्लामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । 
बिहिबार थप ३ जनामा कोरोना भएको पुष्टी भएसंगै सक्रमितको संख्या ३५ पुगेको हो । इन्द्रावती गाउँपालिका १२ का ११ महिनाको बालिकासहित २६ र २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईल जानकारी दिनुभएको छ ।
 उनीहहरुमध्ये दुई जना पुरुष असार ७ गते स्याङजाबाट सिन्धुपाल्चोक आएर इन्द्रावतीको भीमेश्वर माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका थिए । 
यस्तै ११ महिनाकी बालिका भने भारतबाट आएर इन्द्रावतीकै ढोटार आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा आफ्ना आमा बुबासँगैं बसेकी थिइन् । कोरोना पोटेटिभ आएपछि उनीहरुलाई मेलम्चीमा रहेको आइसोलेसन वार्डमा सारिएको  स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण तिवारीले जानकारी दिनुभएको छ ।
उनीहरुको असार १५ गते स्वाब संकलन गरि परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएको थियो । बिहिबार आएको रिपोर्टमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो  । हालसम्म कोरोना संक्रमित १८ जना निको भएर घर फर्केका छन् भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै बिहीबार देशभर ४७३ जना  कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा चार हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको छ । 
 यससँगै देशभर कुल १४ हजार ५१९ पुगेको छ । बिहिबार थपिएका संक्रमितहरूमा १०९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । हाल सम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

, , ,