स्थानियको जायज माग पुरा गरेर मेलम्चीको पानि लैजान सांसद तामाङको माग

देबराज सुबेदी , मेलम्ची, असार २३ । 
स्थानियको जायज माग पुरा गरेर मात्र मेलम्चीको पानि काठमाडौं  लैजानपर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेर बहादुर तामाङले बताउनुभएको छ ।
 मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण सुरुवात गरेको भन्दै प्रभाबित क्षेत्रका स्थानिय जनप्रतिनिधि, सरोकार वालाहरुले असन्तुष्टि ब्यक्त गरेका छन् ।
 मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा असार २१ गते पानि परिक्षण सुरु गरेपछि मन्त्रालय लगायत खानेपानि आयोजनाले सिन्धुबासिलाइ बेवास्ता गरेको भन्दै यस क्षेत्रका नागरिक लगायत जनप्रतिनिधि, सरोकारवाला पक्षले मन्त्रालयको काम प्रति विरोध जनाएका हुन् । स्थानियको मागलाइ सम्बोधन गरि, वातावारणिय प्रभाबको मुल्याङ्कन गरि सिन्धुपाल्चोकको विकास निमार्णको कार्यमा हातेमालो गर्दै अगाडि बढ्न पर्नेमा त्यसो हुन नगइ खानेपानि मन्त्रालयले गरेको काम प्रति स्थानिय आक्रोसित बनेका हुन् ।
यहि बिषय कारा गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद एवम् पुर्ब मन्त्री शेर बहादुर तामाङले आफु लगायत प्रभाबित क्षेत्रका जनप्रतिनिधि कसैलाइ पनि यस बिषयमा थाहा नदिनु दुखद् भएको बताउनुभयो । सिन्धुपाल्चोकमा यति ठुलो कार्यहुँदा यसै क्षेत्रका जनप्रतिनिधि, कुनै पनि खानेपानि सँग सम्बन्धित पधादिकारीलाइ  सहभागि नगराइ मन्त्रालयले जुन ढंगले पानि परिक्षण गर्यो त्यो दुखद् भएको भन्दै सिन्धुबासि पनि सहभागि भएर गर्ब महशुस गर्नेबेलामा एकलौटि ढंगबाट काम अगाडि बढाइनुले राम्रो संकेत नदिएको उहाँको भनाइ छ ।
प्रभाबित क्षेत्रका स्थानियको हकमा के हुन्छ ? भन्ने प्रश्नमा सांसद तामाङले रोयल्टि निर्धारण गरेर विकास निमार्णको काममा सहयोग गर्न पर्ने र मेलम्चीको पानि काठमाडौं लगेर काठमाडौं बासिको काकाकुल स्थितिलाइ केहि हलगर्नका लागि यति ठुलो आयोजना सम्पन्न हुनै लाग्दा मेलम्ची प्रभाबित क्षेत्रका बस्तिहरुमा पनि सफा पिउनेपानि उपलब्ध गराउनु राज्यको दायित्व स्मरण गराउदै तामाङले अब जिल्लाबासिहरु फाइल बोकेर बिभिन्न कार्यालयहरु धाउन भन्दापनि सम्बन्धित निकाय आफैँ जनताको आवश्यकता बुझन लाग्नपर्ने बताउनुभयो ।
उहाँले खानेपानि मन्त्रालय लगायत सम्बन्धि पक्षलाइ बेलैमा ढंग पुर्याएर मात्र चल्न आग्रह गर्नुभएको छ । तामाङले आगामि २६ गते प्रभाबित क्षेत्रका सबै पक्षहरुसँग बसेर छलफल गर्ने र त्यहि निर्णय अनुसार अगाडि बढ्ने समेत जानकारी गराउनुभयो । पानि परिक्षण गर्दा सिन्धुबासिलाइ छल्न खाजेको भन्दै उहाँले सिन्धुबासिलाइ यस क्षेत्रको विकास निमार्ण लगायत रोयल्टि निर्धारण गरेर मात्र पानि जाने हुनाले सजग र सचेत हुँदै ढुक्क हुन आग्रह गर्नुभएको छ । सांसद तामाङले खानेपानि मन्त्रीले सामाजिक , राजनितिक र विभिन्न अवरोधका कारणपनि पानि परिक्षण गरियो भनेको भनाइप्रति असन्तुष्टि जनाउदै उहाँले विभिन्न समस्याहरु देखाएर समस्या समाधान गर भन्न पनि नमिल्ने होर ? भन्दै प्रश्न गर्नुभएको छ ।
सि एम् सिले दिनुपर्ने ज्याला नदिएको अति समान्य ब्यापारीहरुले सप्लाइ गरेको सामानको मुल्यको माग गर्दा त्यसलाइ समाधान गर्दै पानि काठमाडौं लाने बाटो खोज्नुको साटो अबरोध भनेर टार्नखोज्नु दुखद् रहेको यि विविध समस्याहरु समाधान गरेर मात्र पानि लैजानपर्ने उहाँको भनाइ छ । उहाँले चिन्तन फरक रहेको भन्दै दुबै तहका सम्बन्धित पक्षहरु बसेर छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । सरकारले स्थानियको माग सम्बोधन गरेर स्थानिय जनतालाइ खुशि पार्ने हो भने मेलम्चीको मात्र नभइ याङि«लार्केको पानि समेत पठाउन आफुहरु तयार रहेको उहाँको भनाइ छ ।

, , , , , ,