घाइतेहरुको उद्धारमा समस्या, फर्कियो सभामुख आएको हेलिकप्टर
अर्जुन शर्मा, चौतारा, असार २५ ।
सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोलिले उनीहरुलाई हेलिकोप्टरमार्फत जिल्लातर्फ ल्याउने प्रयास भइरहेको भएपनि प्रतिकुल मौसमका कारण धुलिखेलबाट हेलिकप्टर फर्किएको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले बताउनुभएको छ । मौसम सुधार हुनासाथ फेरी हेलिकप्टर लिएर आउने न्यौपानेले बताउनुभयो । अहिले सभामुख सापकोटा, बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेल लगायतको टोली त्रिभुवन विमानस्थलमा मौसम अनुकुल हुनासाथ घटनास्थल पुग्नको लागि तयारी अवस्थामा छन् ।
यस्तै घाइतेको उद्दारको लागि आएको नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा सहितको टोली पनि घटना स्थल पुग्न सकेको छैन् । उद्धरको लागि बिहान उडेको कैलाश एयरको हेलिकप्टर उद्दारको लागि मौसम खराबिका कारण झण्डै दुर्घटना भएको सापकोटाले बताउनुभएको छ । सो हेलिकप्टर अहिले काभ्रेको मंगलटारमा अवतरण गरिएको छ ।
बाढीले अरनिको राजमार्गमा पुर्ण रुपमा क्ष्ति पुगेको छ । अरनिको राजमार्गको करिब ७ स्थानमा बाढीले सडक बगाएको छ । जुरे पहिरो नजिकबाट नै अरनिको राजमार्गका अबरुद्ध भएको हो ।
२ जनाको शब भेटियो, १८ जना बेपत्ता, ७ जना घाइते
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे र भोटेकोसि गाउँपालिका भित्रको ३ ठाउँमा गए राति आएको पहिरो र वाढिका कारण बेपत्ता भएका २ जनाको शब भेटिएको छ । यस्तै १८ जना बेपत्ता रहेका छन् भने ७ जना घाइते भएका छन । ३२ घर बाढि र पहिरोले बगाएको छ । साथै खोलाले बाह्रबिसेमा दुई टहरा बगाएको छ ।
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी माधव प्रसाद काफ्रलेका अनुसार बाह्रविसे नगरपालिका ५ स्थित ठाडो खोलामा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् । त्यहा ११ घर पुर्ण क्षति भएको छ । १४ जना बेपत्ता छन् । ३ जना घाईते भएका छन् ।
यस्तै बाह्रविसे नगरपालिका ३ खगदलमा पनि २० घरमा क्षति पुगेको छ । बाढिले एउटा बस ,ट्क, स्कारपीयो, ट्रयाङ्कर वगाएको छ । त्यहा अरनिको राजमार्गको पक्की पुल समेत वाढिले वगाएको छ । राति ९ बजेनै जोखिम देखेर मानिसहरु अर्को ठाउँमा गएकाले मानविय क्षती हुन भने नपाएकोे स्थानियले बताएका छन् ।
यसैगरी भोटेकोसि गाउँपालिका पुल्कुटिमा गएको पहिरोमा परी १ घर बगाएको छ । २ जना घाईते भएका छन् भने ४ जना बेपत्ता भएका पालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभएको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ ।