पहिरो जाँदा ईन्द्रावती जलविद्युत आयोजनाको उत्पादन ठप्प

रूपक पुरी,तिपेनी, साउन १६ । 
अबिरल वर्षाका कारण पाँचपोखरी थाङपाल गाउँपालिका   ८ तिपेनिमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको ईन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याम साईडमा भिषण पहिरो जाँदा आयोजनाको उत्पादन ठप्प भएको छ ।
 पहिरोले सुरूङमार्गको मुख्य गेट, फ्लसिङ सिस्टम तथा पोखरीलाई पूर्ण रूपमा क्षति पुर्याएको आयोजनाका कर्मचारी युवराज गिरीले जानकारी दिनुभयो । 
निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण तथा विस्तारका कारण उक्त क्षेत्र यसअघि देखिनै पहिरोको उच्च जोखिममा परेको थियो । पहिरोले तिपेनिबजार तथा पहिरो माथिको बस्ति समेत जोखिममा परेको छ । 
पहिरोले बैकल्बाटो समेत नहुँदा मानिसहरू विच वाटोम‌ै अलपत्र परेका छन् । पहिरोका कारण अलपत्र परेका मानिसको उद्वार र अबरुद्ध बाटो खुलाउन तत्काल पहल गर्ने पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।

, , , ,