ज्ञानसि वाइवाको ‘परदेशी ज्योज्यो’ सार्वजनीक

 चौतारा, साउन १६ । 
 तामाङ मौलिक गीतका सर्जक ज्ञानसिं वाईवाले नयाँ तामाङ गित ‘परदेशी ज्यो ज्यो’ सार्बजनिक गरेका छन् ।
गीतको भीडियो समेत सार्वजनीक भएको छ । उक्त गितमा ज्ञानसिं वाईवा स्वयम र चर्चित गायीका जितु लोप्चनको स्वर रहेको छ । उहाँले कोरोना भाइरस र परदेशीको पीडा समेटेर गीतको सिर्जना गर्नुभएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिएका वाईवाले संगीत पनि स्वयले नै गरेका छन् ।  तामाङ भाषामा गाइएको गीतलाई नेपाली र अंग्रेजी दुवै भाषामा ‘सबटाइटल’ दिईएको छ ।
गायक वाईवाको यसअघि डम्फुला चरी, बैरागी च्याङ्वा, सिन्धुली नाम्सा तथा ठूली कान्छीजस्ता चर्चित तामाङ गीतहरू बजारमा आइसकेको छ ।

, ,