आई सी एले कृषि विकास तथा स्वरोजगारका कार्यक्रमलाई निरन्तरर्ता दिने

 लोकप्रिय समाचार, चौतारा, असार २४ ।
सामुदायिक विकासमा विगत तीन वर्ष देखि क्रियाशील संस्था आई सी ए ले यस वर्ष पनि कृषि विकास तथा स्वरोजगारका कार्यक्रमलाई निरन्तरर्ता दिने जनाएको छ ।
चौतारा साँगाचोकगढी १० कार्कीटामा रहेको संस्थाले जापानको परराष्ट्र मन्त्रालयको साझेदारीमा सामुदायिक विकासको काममा निरन्तरर्ता दिने जनाएको हो । कृषि उत्पादनमा उच्च प्राथमिकता, 
सिलाई कटाई तथा प्लम्विङ तालिम, नेतृत्व विकास, सामुदायिक पुनस्थापना, डेरी उत्पादनका कार्यक्रम यस वर्ष पनि निरन्तर रहेको आई सी ए का कार्यक्रम संयोजक आत्मराम तिमल्सिनाले जानकारि दिनुभयो ।संस्थाले प्रदेस तथा स्थानिय सरकारका प्रतिनीधि, स्थानिय र सरोकारवाला निकाय समेतलाई कार्यक्रमवारे जानकारि प्रवाह गरेको कार्यक्रम संयोजक झम्क महतले वताउनुभयो ।
आगामी कार्यक्रमवारे जानकारि दिने कार्यक्रममा बाग्मती प्रदेसका अर्थ तथा विकास समिति सभापति शरेस नेपालले स्थानिय महिलाहरुमा सीप तथा क्षमता बिकास र स्वरोजगारका कार्यक्रमले ल्याएको परिवर्तनको प्रशंसा गर्नुभयो । नेता नेपालको सहयोगमा कार्कीटारमा सामुदायिक तालिम केन्द्रको स्थापना भईसकेको छ । 
आगामी कार्यक्रम वारे आफ्नो धारणा राख्ने क्रममा शिक्षाविद् डा बिनोद नेपालले क्षमता अभिवृद्धि र नेतृन्व विकासमा संस्थाले गरेको प्रगतिको समिक्षा गर्दै आगामी वर्ष थप शसक्त कार्यक्रममा आफ्नो साथ रहने वताउनुभयो । सामुदायिक तालिम केन्द्रका संस्थापक अध्यक्ष यमवहादुर महतले स्थानिय उत्पादन र आर्थिक वृद्धिमा संस्था अहोरात्र लागेको वताउनुभयो । 
बाग्मती प्रदेस सभा सदस्य तथा अर्थ विकास समितिका सभापति शरेश नेपाल, चौतारा साँगाचोकगढी १० का अध्यक्ष वेलवहादुर महत सहितको उपस्थितिमा भएको कार्यक्रम सञ्चालन संस्थाको कार्यालय व्यवस्थापक गंगा नेपालले गर्नुभएको थियो ।

, , , , , ,