मेलम्ची बजारको १३ स्थानमा सिसि क्यामारा जडान

लक्ष्मण बिष्ट, मेलम्ची, असार २१ । 
सिसि क्यामेराको ब्यबस्था नहुँदा विभिन्न समयमा असुरक्षित बनेको मेलम्ची बजार क्षेत्रमा आज सिसि क्यामेरा जडान गरीएको छ ।
बजार क्षेत्रको सुरक्षा सम्बेदनशिलता लाई मध्येनजर गर्दै क्यामेरा जडान गरीएको मेलम्ची नगरपालिकाले जनाएको छ ।
इलाका प्रहरी कार्यालयमा चार वटा र अरु बाँकी खानेपानी कार्यालय देखी बजार आसपासमा जडान गरिएको मेलम्ची नगर पालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो । 
उक्त सि सि क्यामेरा जडानमा मेलम्ची नगरपालिकाले दश लाख रुपैया र उपभोक्ता समिती बाट रु साठ्ठी हजार रुपँैया गरि दश लाख साठ्ठी हजार रुपैँया लागतमा जडान गरिएको उपभोक्ता समितीका सँयोजक गुणनिधी दुलालले जानकारी दिनुभयो । सि सि क्यामेरा भएपछी सुरक्षामा सजिलो हुने ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल ब तामाङले बताउनुभयो ।

, , , , ,