गृहमन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक ‘ए’ ग्रेडमा

अर्जुन शर्मा,चौतारा,साउन १३ । 
गृह मन्त्रालयले गर्ने कार्यसम्पादन मुल्यांकन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ए ग्रेडमा परेको छ । 
गृहले हरेक बर्ष मुख्य ६ क्षेत्रलाई आधार मानेर गर्ने प्रशासनको मुल्यांकनमा सिन्धुपाल्चोक जिल्ला ‘ए’ ग्रडमा परेको हो । 
गृह मन्त्रालयल शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुसासन र सेवा प्रवाह, सामुहिक सुधारको वातावरण, विपद व्यवस्थापन, समन्वय र सहजीकरण र सदाचार र आचरणका क्षेत्रमा भएका कार्यसम्पादन मूल्यांकन गरि ग्रेड छुट्याउने गरेको छ । 
सम्पूर्ण जिल्लाबासिको सहयोगले गर्दा यसबर्ष उत्कृष्ट ए ग्रेटमा पर्न सफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभएको छ । 
अघिल्लो वर्षको कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक जिल्ला अन्तिममा परेको थियो । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच आर्थिक वर्ष ०७६।७७ मा कार्यसम्पादन मुल्यांकन सम्झौता भएको थियो ।

,