नीती र बिधि प्रधान पार्टी संचालन गर्न दबाब स्वरुप ज्ञापनपत्र

लोकप्रिय समाचार, चौतारा, असार २३ । 
पार्टी विधान, विधि र मुल्य अनुसार संस्थागत रुपमा चल्नु पर्छ  भन्दै नेपाल कम्युनिष्ट पार्टी जिल्लाका भातृ संगठनहरुले केन्द्रिय समितिमा पुग्ने  नेकपा सिन्धुपाल्चोकलाई  ज्ञापन–पत्र बुझाएका छन् । 
पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टीमा आएको बिचलनको ध्यानाबर्षण गर्दै नेकपाका बिभिन्न ३ भातृ संगठनलाले ज्ञापन पत्र बुझाएका हुन् । मंगलबार अनेरास्ववियू नेपाल जिल्ला संगठन, प्रेस संगठन नेपाल सिन्धुपाल्चोक र राष्ट्रिय युुवा संघ नेपाल सिन्धुपाल्चोकले  संयुक्त रुपमा जिल्ला अध्यक्ष झम्क नेपाललाई ज्ञापन पत्र बुझाएका हुन् । उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा प्रदेश कमिटी सचिवालय सदस्य सुभाष कर्मचार्य, नेकपा प्रदेश कमिटी सदस्य सोम सापकोटाको समेत उपस्थिति रहेको थियो । 
 तिनै संगठनका संयोजक र सहसंयोजको हस्ताक्षर रहेको ज्ञापन पत्रमा भनिएको छ । “ आम नागरिकको चाहना बमोजिम तत्कालिन दुई ठुला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (एमाओवादी केन्द्र) विच पार्टी एकता भयो । उक्त पार्टीलाई गत चुनावमा आम नागरिकले करिव दुई तिहाइ बहुमत दिएर पार्टी एकिकरणलाई अनुमोदन गरे । 
समाजवादी लक्ष्य तय गर्न कै लागि नेकपालाई संघ, प्रदेश र स्थानिय तहमा अत्याधिक बहुमत प्राप्त छ । तिनै तहका अधिकांश स्थानमा नेकपाका सरकारहरु स्थापित रहेका छन् । सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउदै संविधानमा उल्लेख भए अनुरुप पार्टी र सरकार समाजवादी दिशामा अग्रसर हुनु पर्नेछ । 
इतिहासले सुम्पेको जिम्मेवारी र प्राप्त अबसरलाई कुशलता पुर्वक बहन गनु हाम्रो कर्तव्य र दायित्व हो । आफ्नो मुलभुत दायित्व पुरा गर्न छाडेर सरकार र पार्टी आन्तरिक विवादमा रुमलिन थालेको आभाष आम कार्यकताले गर्न थालेका छन् । सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको र पार्टी एकताले पुर्णता पाउन नसकेको सन्दर्भमा पार्टी भित्र र बाहिर असन्तुष्टिहरु देखा पर्न थालेका छन् । यसै विषयमा पार्टीको उपल्लो कमिटीहरुमा देखा परेका विवादहरु सतहमा देखा पर्न थालेका छन् ।
यसै सन्दर्भमा, हाम्रो संगठन पार्टी विभाजन र फुट होइन सुदृढ एकता आम कार्यकता र जनताको चाहना भएको तथ्य प्रष्ट पार्न चाहन्छ । पार्टी र देशको आवश्कता पनि एकता मात्र हो र एकताको कुनै विकल्प नभएको प्रष्ट पार्न चाहन्छौं । तसर्थ, कुनै पनि निहुमा पार्टी विभाजन हुने अथवा पार्टीलाई हानी हुने कार्य हामीलाई स्विकार्य नहुने प्रष्ट पार्न चाहन्छौं । नेतृत्वलाई विभाजनको दिशामा नलाग्न खवरदारीका साथ हार्दीक अनुरोध गर्दछौं । साथै, विभाजनलाई प्रोत्साहन गर्ने खालका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई सचेत गराउन चाहन्छौं ।  
पार्टी विधान, विधि र मुल्य अनुसार पार्टी संस्थागत रुपमा चल्नु पर्छ भन्ने हाम्रो स्पष्ट अडान रहेको छ । व्यक्ति विधान र संगठनको मातहत रहने स्थापित मान्यताबाट विचलित नहुन नेतृत्वलाई खवरदारी गर्दछौं ।”

, , , ,