बाढीले मध्यभोटेकोशी हाईड्रोपावरमा अर्बाैको क्षति, एक चिनियाँ प्राविधिक बेपत्ता

रूपक पुरी, बाह्रबिसे, असार २५ । 
सिन्धुपाल्चोकको भोटेकोशिमा आएको बाढीले निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोशी हाईड्रोपावरमा अर्बाैको क्षति पुगेको छ ।
 आयोजनाका सिईयो मणिकुमार काफ्लेका अनुसार बाढीले एकजना चिनियाँ प्राविधिक बेपत्ता भएका छन् ।
बाढीले आयोजनाको लागि आबश्यक मेसिन उपकरणहरू राख्ने गरिएको भण्डार गृह बगाएको छ । सिईओ काफ्लेका अनुसार ईलेक्ट्रोमेकानिकल सामान राख्ने १४ नम्बर साईटमा बाढी पसेको छ । आयोजनाको धेरै उपकरण समेत बगाएको छ ।
 आयोजनाका लागि तीनवटा महँगा उपकरणहरू टर्बाईन रनर, जीआईएस र जीटी बाहेक सबै उपकरणहरू ल्याएर राखिएको थियो ।
ती सबै बाढीले बगाएको अनुमान काफ्लेको छ । सो स्थानमा निलो जस्ताको छानो भएको सेडमात्र देखिन्छ ।  मध्य भोटेकोशी आयोजनाको पावर हाउसमा पनि माटो भरिएको छ । पावर हाउस भने भत्किएको छैन ।

, , , ,