७३ बाढीपहिरो पीडित परिवारलाई राहत बितरण

चौतारा, असार ३० । 
बाह्रबिसे नगरपालिकाका ७३ बाढी पहिरो पीडित घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ ।
 
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे ५ जम्बुमा राहत वितरण गर्नुभएको हो ।
बाढीबाट घर सहित सम्पुर्ण गुमाएका ७३ परिवारलाई खाद्यान्न वितरण गरिएका युवा नेता युधिर पौडेलले जानकारी दिनुभएको छ । साथै काँग्रेसले बाढी पहिरोमा परि आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको छ । यस्तै बाह्रबिसे नगरपालिका भने मृतक परिवारलाई  किरिया खर्चको लागि १ लाख दिने घोषणा गरिसकेको छ । त्यस्तै जिल्ला विपद व्यवस्थापन समितिले पनि प्रति परिवार १० हजार बितरण गरेको छ ।
त्यस्तै वागमती प्रदेश सरकारले पनि मृतक परिवारलाई १ लाख दिने निर्णय गरेको छ । भोटेकोशीको बुल्कोटे खोलामा आएको बाढी बाह्रबिसेको जम्बुमा आएको बाढीमा परि २० जना अझै बेपत्ता छन् भने तीनजनाको शव भेटिएको छ ।    

, , , ,