पाँचपोखरीका थप १ पुरुषमा कोरोना, जिल्लामा संक्रमित ६२ पुगे

 रुपक पुरी, चौतारा, असार ३० । 
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाँउपनलिकामा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएका पाँचपोखरी थाङपालधाप गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले जानकारी दिनुभएको छ । 
उनमा आइतबार साँझ कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तिपेनी क्वारेन्टाइनमा रहेका उनलाई मेलम्ची आइसोलेसनमा ल्याएर उपचार थालिएको छ ।
यो सँगैं जिल्लामा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । जसमध्य २६ जना निको भएर घर फर्केका छन् भने जिल्लामा हालसम्म दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

, , ,