आफ्नै छोरालाई खुकुरी प्रहार गर्ने बाबु पक्राउ

चौतारा,साउन १३ । 
आफ्नै छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने बाबु पक्राउ परेका छन । 
आइतबार राती सिन्धुपाल्चोकको मेलम्ची १२ थाक्ले बस्ने ५७ बर्षिय  नवराज तमाङ प्रकाउ परेका ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तमाङले जानकारी दिनुभयो । उनले बर्ष २८  का पूर्ण बहादुर तमाङलाई खुकुरी प्रहार गरेका हुन । 
घरायसी बिषयमा बिबाद भएको र खुकुरी प्रहार गर्दा उनको टाउको घुँडा पैताला लगायत भागमा काटिएको छ ।गम्भिर घाइते पूर्ण बहादुर तमाङको धुलिखेल अस्पातलमा उपचार भाईरहेको तमाङले जानकारी दिनुभयो । घटना थाहा पाउने बितिकै पुगेको प्रहरी टोलिले घर नजिकै बाट खुकुरी प्रहार गर्ने बाबु नवराज तमाङलाई नियन्त्रणमा लिएर आज जिल्ला अदालत सिन्धुपाल्चोकमा पेस गरेको छ । अदालतले १० दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरिलाई अनुमती दिएको प्रहरी निरिक्षक तमाङले जानकारी दिनुभयो । घाइतेको अवस्था खतरा मुक्त रहेको पनि तमाङले बताउनुभयो ।

, ,