पहिरोले शेराको ४ घरमा क्षति

चौतारा,साउन १३ । 
आइतबार राति गएको पहिरोको कारण चौतारा सागाचोकगढी नगरपालिका वडा नं. २ मा ४ घर पुरिएको छ । 
वडा न २ स्थित शेरा भन्ने स्थानमा गएको पहिरोमा परि उक्त ४ घर पुरिएको वडा नंं. २ का वडाध्यक्ष दिपेन्द्र थापाले जानकारी दिनुभएको छ ।
पहिरोको कारण घरमा क्षति पुगेपनि मानविय क्षति भने हुन नपाएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानिय नागिरकको धान खेतीमा समेत क्षति पुर्याएको छ । हालसालै गरिएको खेति पहिरोले बगाउदा किसानहरु समेत मर्कामा परेका छन् । आईतबार आएको अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न क्षेत्रमा पहिरो जाँदा बिभिन्न क्षत्रमा साना ठुला पहिरो गएका छन् । पहिरोले जिल्लाका बिभिन्न क्षेत्रको ग्रामिण क्षेत्रका सडकहरुमा अबरोध पुगेको समेत पुगेको छ । 

, , ,