जिल्लाका थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ पुग्यो

अर्जुन शर्मा, चौतारा, असार २४ । 
सिन्धुपाल्चोकका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगैं जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
पाटन अस्पतालमा गरिएको   परिक्षणमा २  र टिचिङ हस्पिटलमा गरिएको परिक्षणमा २ जनाको गरी जिल्लामा पुन ४ जनाको कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण तिवारीले जानकारी दिनुभएको छ ।  
पाटन अस्पतालमा गरिएको परिक्षणमा संक्रमित देखिएका बाह्रबिसे नगरपालिका वडा नं. ८ मानेश्वाराका ८६ वर्षीय एक पुरुष र पाँचपोखरी गाउँपालिका ६ निवासी ४५ बर्षीय पुरुष रहेका छन् । भने टिचिङ हस्पिटलमा  परिक्षण  गरिएकाको वितृत जानकारी आइनसकेको  तिवारीले बताउनुभएको छ ।
पाटन अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका दुवै जना घरमा नै  बसिरहेको अवस्थामा बिरामी भएपछि जँचाउन लग्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
घरमा नै बसिरहेका व्यक्तिहरुमा कोरोना देखिएपछि थप त्रास बढेको छ । उनीहरु जिल्लाबाट उपचारका लागि काठमाडौं गएका थिए । बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले संक्रमितको घर आसपासमा तथा छिमेकमा सम्पर्कमा रहेका व्यक्तिहरुकोे कन्ट्याक्ट ट्रेसिङ तुरुन्तै गर्ने निर्णय गरेको छ । 
हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मुक्त भएर घर फर्कनेको संख्या २६ पुगेको छ भने जिल्लामा एक जनाको कोरोनाको कारण मुत्यु भएको छ । 

, , ,