मेलम्चीमा पनि बाँदर धपाउने यन्त्र

रूपक पुरी, साउन १८ । 
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १  भोटेचौरका किसानहरूले बाँदर धपाउने यन्त्र ल्याएका छन् ।  
वडाअध्यक्ष कृष्ण चौलागाईका अनुसार जँगलि जनावरले किसानका खेतबारीमा लगाएको बालिमा क्षति पुर्याउन थालेपछि बाँदर धपाउने यन्त्र ल्याईएको हो ।
वडा अध्यक्ष चौलागाईका अनुसार टोल विकास समितिको अध्यक्षको जिम्मामा १५ वटा यन्त्र वितरण गरिएको छ । यन्त्रको प्रयोग बाँदर, बँदेल , दुम्सी धपाउन प्रयोग गरिने छ ।
यसअघि जँगलि जनावरले बाली सखाप पार्न थालेपछी स्थानिय निकायले नियन्त्रण गर्ने भन्दै बजेट समेत छुट्याएमा थिए ।

, , ,