सवारी सञ्चालन तर समस्या कायमै

नेत्रबहादुर बस्नेत,साउन १९ । 
बिश्वब्यापी रुपमा फैलिएको कोराना महामारीका कारण बन्द भएको ब्यापार व्यवसायहरु बिस्तारै खुल्दै आएको छ ।
चैत्र महीना देखी  भएको लकडाउन खुकुलो भए सँगै सरकारले एक जिल्ला बाट अर्काे जिल्ला  जान नपाउने गरि सवारी सञ्चालनको ब्यबस्था मिलाएको छ । 
पछिल्लो समयमा  भाडाका सवारी साधन सञ्चालनमा आएको भएता पनि यात्रा गर्ने यात्रीहरुको कमी सहजताका हिसाबमा बिचबाटै फर्कन पर्दा ब्यबसायमा घाटा हुँदा हुँदै पनी केही यातायातका साधनहरु सञ्चालनमा आएका छन । तर यसरी सञ्चालन भएका सवारी साधनमा यात्रीको कमी भएका कारण घाटामा नै सञ्चालन गर्न परिरहेको छ ।
सरकारले दोब्बर भाडा लिनका लागी अनुमती दिए पनी यसरी यात्रा गर्ने यात्रीको कमी भए पछी ब्यबसाय घाटामा जाने त छदै छ । तर पनी ब्यबसाय सञ्चालनमा नल्याउँदा पनी  समस्या हुने ल्याउँदा पनी सरकारले गरेका निर्णय अनुसार बढी भाडा लिदा यात्री नहुने समस्या एका तिर छ भने अर्को तिर बिच बाटै बाट यात्री फेरी रहँदा भाइरसको समेत  जोखिम हुने  सँम्भावना बढेर गएको छ ।
 सिन्धुपाल्चोक जिल्ला को सदरमुकाम बाट बन्देउ , जल्बीरे, सेउले ,नवलपुर, लगाएतका स्थानहरुमा पुर्ब अरनिको यातायात सेवा प्रा.ली  अन्तरगतको जुगल यातायातले सेवा दिन शुरु गरे पनी यात्रीको कमीका कारण  नियमित सेवा सञ्चालन हुन सकेको छैन ।
प्रालीका कर्मचारी बिरेन्द्र हिमालयले भन्नुभयो बिहानै देखी बसपार्कमा बस हुन्छ तर यात्री हुदैनन । 
सस्थाले सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सञ्चालन गर्न सबै तैयारी रहेका छौ तर के गर्ने  बसमात्र दौडाएर नहुने  हिमालयको गुनासो रहेको छ । उता भएका यात्रीहरुलाइ भने काठमाण्डौ जान पर्दा बन्देउ साँगा  लगाएतका स्थानबाट बस परिवर्तन गरिरहन पर्ने साँगाबाट सेवा अनियमितता हुने जस्ता समस्याले यात्रामा कठीनाइ पुर्याएको छ भने यसरी यात्रा गराउँदा झन जोखिम देखिने हुँदा  यसको बिकल्पमा सबधानीका साथ सिधा बस सेवा सञ्चालन गर्ने ब्यबस्था मिलाइ  सहज बनाउन  आबश्यकता  रहेको आम उपभोक्ता हरुको भनाइ रहेको छ । निजी सवारी साधनमा जती पनी यात्री राख्न पाउँने, सीधै जान पाउँने  भएका ले पनी बस ब्यबसायीहरु मर्कामा परिरहेका छन ।

, , , , ,