बाह्र्रबिसे तातोपनी सडक अस्थाइ रुपमा सुचारु

नेत्रबहादुर बस्नेत, साउन १८ ।  
यही असार २४ गतेको आएको बाढी पहिरोको कारण अवरोध अरनिको राजमार्ग बाह्रबिसे(जम्बु)कोदारी सडक खण्ड  शनीबार देखीे पुन सन्चालनमा आएको छ ।
बाह्रबिसे नगरपालिका,  र भोटेकोशी गाँउ पालीकाको बिशेष सक्रीयतामा , सडक डिभिजन कार्यलय, नेपाल ट्रक कण्टेनर संघ, मध्यभोटेकोशी आयोजना, लगाएतका सस्थाहरुको बिशेष सहयोगमा सडक सुचारु हुन लागेको   होे।  २४गते राती आएको बाढीपहिरोले कटान गरेको अरनिको राजमार्ग अन्र्तगत बाह्रविसे–कोदारी सडक खण्ड हालको लागी अस्थाइ रुपमा सञ्चालन गर्न योग्य  भएको छ ।
बाढीपहिरोले सबैभन्दा बढी क्षती भएको जम्बुमा हेमपाइप राखेर तिन लाइनको कलर्भट निर्माण गरेर अस्थाई रुपमा सडक निर्माण गरिएको सडक कार्यलय दोलखाका  कार्यलय प्रमुख बिजय महतोले बताउँनु भयो   उँहाका अनुसार  अस्थाई रुपमा यातयातका साधन सञ्चालन भएसँगै स्थाई रुपमा सडक निर्माणका लागि प्रक्रिया सुरु गरिएको छ ।
बाढीपहिरोले क्षतीग्रस्त सडक निर्माणमा सडक कार्यालय चरिकोट,बाह्रविसे नगरपालिका  भोटेकोशी   गाँउपालीका  तातोपानी व्यापार व्यावसया गर्दे आएका व्यापारीहरुको समेत बिशेष सहयोगमा   अस्थाई रुपमा  सडक सूचारु भए पछी दिर्घकालिन रुपमा सडक निर्माण गर्न पनी सबै लागी पर्न पर्ने बाह्र बिसे नगर पालीकाका प्रमुख निम फुञ्जो शेर्पाले बताउँनु भयो ।
यसै बिच २४ गतेको बाडी पहिरोको कारण अवरोध अरनिको राजमार्ग बाह्रबिसे(जम्बु(कोदारी सडक खण्ड पुनस्सन्चालनमा आएको  र यस कार्यमासहयोग  गर्ने  सडक डिभिजन, नेपाल ट्रक कण्टेनर संघ तथा व्यवसायीहरू , मध्यभोटेकोशी आयोजना, जुरे क्रसर , स्काभेटर चालकहरू( मजदुर, स्थानीय युवा लगायत सम्पूर्ण सहयोगी हातहरू प्रति बाह्रबिसे नगरपालिका र भोटेकोशी गाँउपालीकाले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ  ।
भोटेकोशी गाँउपालीकाका अध्यक्ष्य राजकुमार पौडेलले अहीले को अबस्थामा यसरी सहयोग गरेर  अस्थाइ रुपमा सडक निर्माण गरेर सहयोग गर्ने सबैमा आभार ब्यक्त गर्दै आगामी दिनमा अझ बढी सहयोगको आबश्यकता रहेको बताउँनु भयो । उँहाले जुनसुकै अबस्थामा पनी बढी पिडाहुनेयस  स्थानमा यस पटक बिगतको भन्दा बढी सहयोगी हातहरु आएकोमा बाढी पहीरोका कारण लागेको ठुलो घाउमा  केही मलम पटीको काम गरेको बताउँनु भयो । पालीकाका नागरिकलाइ कसरी सुरक्षित राखने र कसरी बिकसित गर्ने भन्ने बिषयमा पालीका लागी परेको समेत उँहाले बताउँनु भयो ।

, , ,