चीनले सिन्धुपाल्चोकलाई अहिलेसम्मकै धेरै स्वास्थ्य सामग्री सहयोग गर्ने

लोकप्रिय समाचार, साउन २६ ।

सिन्धुपाल्चोक जिल्लालाई कोरोनाबाट बचाउन चीनको नेलम काउन्टीले अहिलेसम्मकै धेरै स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

उक्त स्वास्थ्य सामग्री बुधबार मितेरी पुलमा हस्तान्तरण गरिने बताईएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको लागि २८ सय पीपीइ सेटसहित पाँच हजार मेडीकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गर्ने भएको हो । यससँगै नेलम काउन्टीले पञ्जा दुई हजार थान, आइसोलेसन मास्क् दुई हजार थान, एन ९५ मास्क दिने जानकारी गराएको छ ।

साथै मेडीकल मास्क पनि पाँच हजार थान दिने भएको छ । चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगको लागि भिटीएम दुई हजार थान र पीसीआर रिएजेन्ट दुईहजार थान सहयोग गर्दैछ । जिल्लामा कोरोना महामारीले उच्च रुप लिदै गरेको अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।

यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोग मध्येकै ठूलो सहयोग भएको पनि उहाँले बताउनुभयो । यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको ढकालले बताउनुभयो ।

, , ,