देशभर थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेत्रबहादुर बस्नेत साउन १९ । 
नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ ।
 यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुगेको छ । 
त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४३, ललितपुरमा ३ र  भक्तपुरमा ५ व्यक्तिलाई कोरोना संक्रमण् देखिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभएको छ । 
 पछिल्लो २४ घण्टामा देशभर  ३५८ जना व्यक्ति संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ९६१ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट ५७ जनाको मृत्यु भएको छ । 

, ,