समयमा नै यस बिषयमा ध्यान दिन सकेको भए यो बिपत्ती देख्न पर्ने थिएन


सिन्धुपाल्चोक जिल्ला को जुगल गाउँपालिकावडा नं २ गोल्चे, लिदीमा गएको पहिरोमा परी ठुलो जन धनको क्षती भएको छ ।
हरेक बर्ष सिन्धुपाल्चोकमा प्रकृतीक बिपत्ती आइ लागेको छ । यस बर्ष पनी यो क्रमले निरन्तरता पाएको छ । 
सम्बन्धीत निकायको कम्जारीका कारण जुगल लिदीमा ठुलो क्षती भएको स्थानीयहरुको भनाइ रहेको छ ।
शुक्रबार बिहान गएको पहीरोका  कारण यो समाचार तैयार पार्दा सम्म ३८ जना बेपत्ता भएका छन्।पहिरोले ३७ घर ध्वस्त भएको र ५ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।



पहिरोका कारण ३८ हराइरहेको, ३७ घर ध्वस्त भएको ४जनाको चौतारा र १ जनाको काठमाण्डौमा उपचार गराइ रहेको र ५जनाको शब  फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका सुचना अधिकारी एबम प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । यसरी ठुलो जनधनको क्षती हुनमा सम्बम्धीत निकाय  ले समयमा ध्यान नदीएका कारण  भएको स्थानीय हरुका भनाइ रहेको छ । घटनामा  आमा, श्रीमती र १छोरा परेको मा आफुलाइ डाहा भइरहेको बताउँदै स्थानीय निमा छिरीङ दोङले हामीले यो घटना हुन सक्छ भनेर सिडीयो साहेबलाइ दिबेदन दियौ , गाँउपालीकामा दियौ छिटो अन्य बिकल्प गर्न पर्यो  भनेका थियौ  अन्यत्र बस्नका लागी आबश्यक अस्थाइ भए पनी ब्यबस्था मिलाइ पाँउ भनेका थियौ सुनुवाइ भएन  रुदै भन्नु भयो । यस समयमा लोकप्रिय समाचार अनलाइनले पनी स्थानीयको मागका बारेमा  समाचार प्रकाशन गरिसकेको थियो । हामीलाइ प्राप्त  जानकारी अनुसार छबीलाल दोङ,सोमरानी दोङ, धनलक्ष्मी,सीरमाया दोङ,विवरानी दोङ, साइली दोङ,बिबी लक्ष्मी,.सानुकान्छा, साङलामो दोङ,सोनाम दोङ, हिरा भक्ती, जिते झाक्री,सानुकान्छी दोङ,दिन्दुस दोङ,सुरज दोङ,करेसमाई दोङ, च्यामा दोङ, सानु दोङ,कामाई दोङ,छिरीङ दोङ,मानबहादुर दोङ ,जयबहादुर दोङ,प्रिया दोङ,.प्रिती दोङ,कान्छी दोङ,सानुकान्छी दोङ,वाङची लामा दोङ,धनमाया तामाङ दोङ,रेनीस दोङ,मेकमाई दोङ,मिलन दोङ,विमला दोङ,माइला पराङ ,प्रकाश दोङ,साइली दोङ,आयुस दोङ,सुवास तामाङ,टिकामाई दोङ हराइरहनु भएको छ । उँहाहरुलाइ पहीरोले पुरेको हुन सक्ने अनुमान गरिएको छ ।  यस भन्दा बढी पनी हुन सक्ने अनुमान गरिएको छ । 







, , , , ,