हामिले कुनै पनि नागरिकलाई स्थानिय सरकार छैन भन्ने महसुस गर्न दिएका छैनौँः उपमेयर पाख्रिन

कोरोना भाइरसको संक्रमणको कारण नेपालमा नै पहिला मृत्युको पिडा भोगेको बाह्रविसे नगरपालिका पुनः बाढी पहिरोले पुन स्तव्ध बनायो । यसै बिषयमा केन्द्रित रहेर  नगरपालिकाको उपमेयर श्री सुशिला पाख्रिन सँग लोकप्रिय संचारकर्मी विक्रम सुन्दासले गरेको छोटो कुराकानी :
१. कोराना भाइरसको जोखिम संगै बह्रविसे नगरपालिकामा बाढि र पहिराले धेरै सताइरहेको छ यस बिषयलाई नगरपालिको कसरी लिएको छ ? 
कोरोना भाइरस (कोभिड १९)को विरुद्ध नगरपालिका जुदि रहेको परस्थितिमा हामिले भोटेकोशीको टटिए क्षेत्रहरु आसपासका बस्तिहरु लगाएतको विभिन्न ठाउँहरुमा पहिरोका कारण अर्को विपद्को सामना गर्नु परेको यो दुखत क्षणमा बाढिपहिरोमा ज्यान गुमाउनेहरु प्रति भावपुर्ण श्रद्धान्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्न्न चाहन्छु ।  हामिले कुनै पनि नागरिकलाई राज्य छैन सरकार सुन्दैन भन्ने अनुभुति नहोस भन्नेर प्रत्येक पिडित परिवारको बस्तिबस्तिमा पुरेर  खोज तथा उद्धार, राहत ,सुरक्षित स्थानमा स्थानान्तरण ,औषधी उपचार ,अस्थायी आवास लगाई तथ्याकन संकलन क्षतिको विवरण अध्यायवधी गरि रहेको छौँ ।
२.बाढिपहिरोले क्षतिपुगेको र उच्च जोखममा परेको वडा तथा बस्तिहरु कुन कुन हुन ?
बह्रविसे नगरपालिका मुख्य गरि सबै पहाडी क्षेत्र जस्तै जोखिम भित्रकै नगरपालिका हो । यहाँको ९ वटै वडाहरु प्राकृतिक प्रकोपको जोखिम  रहेको छन् । हामीले विपद् जोखिम न्युनिकरण योजनामा पनि यि सुचनाहरु  प्राप्त गरेका छौ विशेष गरि  जम्बु, ग्याल्बो खोला ठाडो खोला ,गुन्सा खोलाखादल खोला वडा नं.५ को सबै बस्तिहरु ,माथिल्लो सिगांर्चे, तल्लो सिंगार्चे, सोताङ, गुन्साको बस्तिहरु बसेरी, भन्ज्याङ, कुकुरेकल्लेरी ,धार्पा खानी, निंगाले लगाएत भोटेकोशी टटीय क्षेत्र वडा नं ३ र ४ उच्च जोखिममा रहेको छ । अझ भोटेकोशी नदिको आसपासका बस्तिहरु बढि जोखिममा रहेको छ । कतिपय बस्तिहरु डाडाँकटेरी नाकुच्चे  राम्चे, कल्लेरी कुकुरगाडे मैदान , राम्चे नेपालगाउँ कर्थली चालिसे बस्ति आदि पहिरोको उच्च जोखिमा रहेको छन ।
३. बढिपहिरोले पु¥याएको क्षतिको हाल सम्मको तथ्याँक तथा विवरणहरु बारे बताइदिनुस ?
तपाइले महत्वपुर्ण प्रश्न गर्नुभयो त्यसको लागि धन्यवाद, अहिले हामी त्यसै कामलाई उच्च प्राथमिताको साथ जुटेका छौ तर प्रतिकुल मौषममाले गर्दा दिनदिनै पहिरो जाने धनजनको क्षतिभइ रहेको हुदा सयौको संख्यामा घरबार बिहिन बन्नु परेको छ । हाल सम्म यस नगरपालिकाका १७ जना व्यक्तिहरुले ज्यान गुमाउनु परेको छ ।  तथ्याँक हामि संकलन गर्दै छौँ । राहतको बिषयमा भन्नुपर्दा स्थानीय तहको मात्र स्रोत साधनले असंभाव भएपछि प्रदेश सरकार ,संघ सरकारलाई अनुरोध गरेका छौँ । 
४. पहिरो जानुको मुख्य कारणहरु के के देख्नु भयो ?
हाम्रो नगरपालिका विशेष गरि भुकम्प पश्चात कमजोर  भुमि ,ठाडो खोलामा बस्ति, अव्यवस्थित  सडक विस्तार र निर्माण, स्थानीय बासिन्दामा सचेतनाको कमि विपद् व्यवस्थापन समिति सँग स्रोतको अभाव हुनु , खाली तथा नाङगापाखामा वृक्षरोप नगर्नु जस्ता काराणले नै पहिरोको जोखिम उच्च बनेको हो । यस्तै कमजोर भुमिमा बस्ति बस्नु र ठेकेदार, उपभोक्ता समितिले वाताबरण प्रभाव अध्ययन नगरि जथाभावी डोजार  लगाउनु मुख्य  कारक तत्वहरु हुन । पहिरो जानुको कारण ः (गुन्सा तथा सोताङ्गका समुदायहरुबाट) हाइड्रोपावर को सुरुङ बनाउने क्रमममा ब्लास्टिङ पट्काउने गर्दा कमजोर भू–भागथर्किन गइ बर्षात्को समयमा पहिरो गएको अवस्था हो । भौगोलिक स्वरुप एकदमै भिरालो जमिन भएको र उक्त भिरालो जमिनमा जथाभावी ग्रामिण सडक खन्ने र सडकलाई समयमा नै नाला तथा ग्याविन जालीको व्यवस्थापन गर्न नसक्दा भारी बर्षाको समयमा कच्ची सडकमा भएको माटोहरु बगेर खोल्साहुँदै बग्दै जाने, त्यसले बाढिको रुपलिइ ठुलो जनधनको क्षेती व्यहोर्नु परेको हो ।  २०७२ सालमा गएको भूकम्पले पनि जमिनहरु भास्सिएको, चर्किएको अवस्थामा रहेको जमिन भारि वर्षात्को कारणले गर्दा पहिरो गएको हुनसक्छ । 
५. पिडित परिवाहरुलाई के कस्तो राहतको व्यवस्था गर्नुभएको छ नगपरपालिको तर्फबाट  ?
घटना घटेका १० घण्टाभित्र हेलिकप्टर बाट उद्धार ,उपचार ,ट्रेन व्यवस्थापन ,भाडाकुडा, लताकपडा
प्राथमिक उपचार, अति आबश्यक बस्तुहरु वितरण, ज्येष्ठ नागरिक, दिर्ग रोगी, महिला, अपांगता, बालवालिकाको सुरक्षित बसाइ व्यवस्थापन गर्ने जस्ता कार्यमा लागेका छँौ ।
६. नगरपालिकाले आगामि बर्षको लागि विपद् व्यवस्थापनको लागि कस्ता योजनाहरु अगाडी सारिएको छ ?
यस बर्ष देखि हामिले के बुझेका छौ भने ठाडो खोलाको आसपासमा आवास नगराउने, खेतिपाति नगराउने बाँस निंगालो, अमृसो जस्ता बहुबषर््िाय रुख लगाउने कुरामा जोड दिने, कच्ची सडक निर्माणमा वाताबरणीय प्रभाव अनिवार्य गराएर मात्र विस्तार गर्ने ,स्थानीय बासिन्दाहरुको सोचमा परिर्वतन गराउन जनचेतनाको अभिवृद्धि गराउने, स्थानीय सरकार भर्खरै स्थापना र संचालनको क्रममा भएको हँुदा माथिल्लो निकाय संग सहकार्य समन्वय गर्ने , दैविकप्रकोप उद्धार समितिलाई वलियो बनाउन बजेट, निति, कार्यक्रम र निर्देशिका बनाउने जस्ता कार्यक्रमहरु अगाडी बढाउने योजनामा छाँै ।
विपत जोखिम न्यूनिकरणका उपायहरु तत्काल गर्नुपर्ने र गर्न सकिने , तत्कालै जोखिम स्थानहरुको पहिचान गरि भूगर्भविद् तथा प्राविधिकहरुको निरिक्षण गरि जोखिम वस्तीहरु अस्थाइ रुपमा भएपनि सुरक्षित स्थानमा प्रतिस्थापन गर्ने ।  भिरालो जमिन, पहिरो गएको ठाउँ र खोल्साखोल्सीको किनारामा भूक्षय रोकथाम गर्ने खालको बाँस, निगाला, अम्रिसो, लौठ सल्ला, लप्सी र ओखर जस्ता विरुवाहरु वृक्षरोपन गर्ने यी विरुवाहरुबाट भूक्षय रोकथाम सँग संगै आय आर्जनमा पनि बढवा दिने गर्दछ ।  तत्कालको लागि खोल्सा खोल्सी तथा नदिको तटिय क्षेत्रमा वस्ती जोगाउनका लागि तथा पानीको वहावबाट वस्ती जोगाउनका लागि ग्याविन जालीको व्यवस्थापन गर्ने । तत्काल जोखिमबाट बच्नको लागिपूर्व तयारीका सामाग्रीहरु (DRR kits) (जस्तै ः टर्च लाइट,First ads Box स्ट्रेचर, डोरी) व्यवस्थापन गर्ने ।
दिर्घकालिन रुपमा गर्न सकिने, वर्तमान अवस्थामा बाढिपहिरोको जानुको मुख्य कारण नै ग्रामिण सडक भएकोले अगामी दिनमा वन्ने नयाँ सडकहरुको अनिवार्य रुपमा वातावरणीय प्रभाव मूल्याङ्कन (Environment Impact Assessment)  गरेर मात्र बजेट विनियोजन गर्ने व्यवस्था गर्ने । ट्र्याक खनिसकेको ग्रामिण सडकको स्तरोन्नती गरि ग्याविनजाली र पानी तर्काउनको लागि नाला, कलबर्टको संरचनाहरु उच्चप्राथमिकतामा राखेर निर्माण गर्ने । जोखिम वस्तीहरुलाई विस्थापन गरि दिर्घकालिन रुपमा सुरक्षित स्थानमा एकिकृत वस्तीको अवधारणा अनुरुप वस्ती व्यवस्थापन गर्नुपर्ने देखिन्छ । जथाभावी अनियन्त्रित तथा मापदण्द विपरित खानी जन्य वस्तुहरुको उत्खनन् गर्ने कार्यलाइ तत्काल रोक्नुपर्ने ।  बाह्रविसे नगरपालिकाले बनाइको विपत् जोखिम न्युनिकरण कार्ययोजनालाई तत्काल परिमार्जन गरि हालको परिस्थितिलाई समेटितयार गर्ने र सो अनुसार कार्ययोजना बनाइ कार्यन्वयन गर्ने । 
नगरपालिकाले विपत् जोखिम न्यूनिकरण सम्बन्धीकाम गर्ने विभिन्न स्वदेशी तथा विदेशी संघ संस्थाहरुलाई विपत् जोखिम न्यूनिकरण सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नको लागि स्थानीयतहसँग साझेदारी गर्न आवश्यक सहज वातावरण सृजना गर्ने, कार्यक्रम सञ्चालनको लागि समन्वय, सहजिकरण तथा अनुरोध समेत गर्ने । जोखिम न्यूनीकरण गर्न तथा जोखिम रोकथाम गर्नका लागि नगरपालिकाले नदिको किनारा, खोल्साखोल्सीको किनाराहरुमा बन्ने संरचनाहरुमा निश्चित मापदण्ड निर्धारण गर्ने र सो अनुसार कार्यन्वयन गर्ने ।  विपत् जोखिम न्यूनिकरण सम्बन्धी सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।

, , , , , , , ,