सवारीसाधन संचालनमा फेरि जोरबिजोर नियम

अर्जुन शर्मा, चौतारा । 
देशमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले फेरि सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । 
पछिल्लो समय  काठमाडौं उपत्यकामा कोरोनाका बिरामी बढदै गएपछि  सार्बजनिक तथा निजी सवारी साधनमा आज (बिहीबार) देखि जोर बिजोर प्रणाली लागु गरिएको गृह मन्त्रालयले जनाएको छ ।  गृह मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै बिहिबार देखी जोर बिजोर सबारी संचालन गरिने बताएको हो । मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाले हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तिमा भनिएअनुसार  अत्यावश्यक बाहेकका सबै किसिमका सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको हो ।
यससँगै मन्त्रालयले कोरोना संक्रमण धेरै देखिएका जिल्ला तथा काठमाडौं उपत्यकामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय समेत गरेको छ ।
यसअघि चैत ११ देखि लागू गरेको लकडाउन साउन ६ गते मध्यरातदेखि हटेसँगै मन्त्रिपरिषद्को निर्णयबाट सवारी साधनमा जोरबिजोर प्रणाली पनि खारेज भएको थियो । 

, , , ,