पहिरोले भैसी सहित गोठ पुरेपछी पीडित किसानलाइ दुहुनो भैसी सहयोग

लक्ष्मण बिष्ट, मेलम्ची, साउन २३ ।

अविरल बर्षाका कारण  रातको समयमा आएको पहिरोले दुइ माउ भैसी सहित गोरु पुरे पछि पिडितका आफन्तहरुलेनै सहयोग जुटाइ दुइ माउ भैसी किनेर पीडितलाइ सहयोग गरेका छन् ।

मेलम्ची  नगरपालिका  वडा नं १० काफ्लेखोला निवासि दिर्घ बहादुर कार्की राम्जिको  गत साउन १८ गतेको भिषण वर्षाको कारण पहिरोले गोठ पुरी गोठ र गोठका सम्पूर्ण  भैसिहरू क्षति भएकोले २० जनाले पाँच हजार देखी तिस हजार सम्म सहयोग संकलन गरि जम्मा २ लाख ६५ हजारमा दुइ माउ दुनो भैसीनै खरिद गरि पिडित किसानको  गोठमै लगेर  बानिदिएको सहयोगी अभियन्ता प्रकाश अधिकारिले जानकारी दिनुभयो ।

छोरो अपाङ्ग छ, औषधि उपचार गरि रहनु पर्छ तेहि भैसीले दिएको दुध बेची छोराको उपचार लगायत घर खर्छ चलाइरहेका  पीडित राम्जिले फेरि दुनो भैसिनै दिनु भएकोमा सहयोगी मनहरुलाइ धन्यबाद दिदै खुसी ब्यक्त गर्नुभयो । 

सहयोगीहरु बुद्धिबहादुर खड्का, नैन बहादुर पण्डित, चिन्तामणी पण्डित लगायत बिस जनाले साहयोग गरेर नै यो काम गर्न सफल भएको अर्का समाजसेवि एबम सहयोगी अभियन्ता रामचन्द्र कार्किले जानकरी दिनुभयो ।

, , ,