बाढि पहिरोले ८५ रोपनीमा लगाएको धान बालि नष्ट

बिक्रम सुन्दाश, साउन २८ ।  

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ मा बाढि र पहिरोले स्थानीय बासिन्दाहरुमा सन्त्रास छाएको छ । वडाअध्यक्ष टेकबहादुर तामाङका अनुसार आरुखर्क देखि कुविन्डे सम्म कुविण्डे खोलामा आएको बाडीले करिव ८५ रोपनी खेतमा लगाएको धान बालि गरेको छ ।

 बाढिले नष्ट धानबालि नष्ट गरेपछि किसानहरु मारमा परेका छन । नदिले टटिए क्षेत्र कटान सँगै मन्दिर झोलङगे पुल ,जङगल र खेतमा पु¥याएको क्षतिले जोखिम बढेको छ ।  वडा नं ३ को बस्तिहरु खाले, भुस्लुङ, आरुखर्क ,भगाउ र अन्य ठाउँहरुमा गएको पहिरोले घरहरु उच्च जोखिममा रहेको कुरा वडाअध्यक्षले जानकारी दिनुभएको छ  । निरन्तर बर्षात र विपद् व्यस्थापन समितिमा सिमित स्रोत साधन आदिका कारण बस्तिहरु उच्च जोखिममा परेका छन । स्थानीय बासिन्दाहरुमा छाएका सन्त्रासका कारण गाउँ पुरै कोलाहलमा रहेको वडाध्यक्ष बताउनुहुन्छ  ।

प्रत्येक बस्तिको आसपासमा गएको सानो तथा ठुलो  पहिरोले घरहरुमा पुगेको क्षति र उत्पन्न जोखिम न्युनिकरणको लागि तथा स्थानीय बसिन्दाहरुको घाउमा मलमपटि लगाउन र  दिगो समधानको लागि चौतारा साँगाचोकगढी नगरपालिकाको विषेश प्याकेजमा वागमति प्रदेशलाई सहयोग गर्न वडाअध्यक्ष टेक बहादुर तामाङले विशेष अग्रह अनुरोध गर्नुभएको छ । वडा कार्यालयले नदिको टटिय क्षेत्रमा ग्याविन लगाउन, रोकथामको उपाय अपनाउने ,राहत तथा उद्धारको कार्यक्रम संचालन गरि रहेको छ ।


, , , ,