चौतारामा ४ सहित थप ५ जनामा कोरोना संक्रमण
अर्जुन शर्मा,भदौ १ ।
सिन्धुपाल्चोक जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिन्धुपाल्चोक जिल्लाका ४ जना र काभ्रे मन्डनदेउपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कुष्ण तिवारीले जानकारी दिनुभएको छ । संत्रमित हुनेहरुमा जिल्लाको कुबिण्डे,सिपापोखरे, मेलम्ची,काभ्रेको मन्डनदेउपुर र सर्लाहिका रहेका छन् ।
५ जना मध्ये ४ जना जिल्लाको चर्चित गैरसरकारी संस्थमा कार्यरत रहेका छन् । उहाँहरु यहि साता चितवनमा भएको एक प्रशिक्षण तालिममा सहभागि भएर आउनुभएको पाईएको छ ।
उहाँहरु सबै उताबाट आएर सुरक्षित रुपमा होम क्वारेन्टाइनमा नै रहेका थिए भने अर्का १ जना शिक्षक मेलम्चीको क्वारेन्टाइनमा रहनुभएको थियो ।यो संगै जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा नै फैलिएको अनुमान गरिएको छ ।