पाँचपोखरीमा सरसफाई अभियान
रुपक पुरी, साउन २५ ।
योङ्ग हर्ट एण्ड ग्रुप भोताङले जनैपुर्णीमाको मेलामा पाँचपोखरीमा भएको फोहोरको सरसफाई अभियान चलाएको छ ।
क्लवले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउपाmकिा ३ भोताङमा रहेको पाँचपोखरी महादेव मन्दिरको जनैपूर्णिमाको मेला पछि गएको वर्ष पनि सरसफाइको काम गरेकोमा यस वर्षषनि त्यसलाइ निरन्तरता दिएको हो ।योङ्ग हर्ट एण्ड ग्रुप भोताङ वि.स २०७५ मा स्थानिय कला, संकृतिको जगेर्ना गर्दै सामाजिक कार्यमा संिक्रयरुपमा विभिध कार्यहरु गर्ने उद्देश्यका साथ स्थापना भएको क्लवका अध्यक्ष पेम्वा दोर्जे लामाले जानकारी दिनुभयो । क्लवले कोरोनाको माहोल बाट पुरा विश्वनै गुज्री रहेको बेला वडासित समन्वयन गरी जनचेतना जगाउने देखि माक्स, स्यानिटाइजरको प्रयोग गर्न स्थानियलाइ वानी वसाल्ने लगायतका कामहरु गरेको र खेलकुद अनि शिक्षामा वालवालिकालाइ उत्प्रेरित गर्ने लगाएतका काम गर्दै आएको क्लवका सदस्य ग्याल्वो तामाङले वताउनुभयो ।