राजासहितको प्रजातन्त्र नै उत्तम व्यवस्था हो कमल थापा


काठमाण्डौ ÷ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजा सहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दावी गर्नू भएको छ  ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले राप्रपा निरकुंश राजसंस्थाको पक्षमा नभई चुनाव र पार्टीभन्दा माथि उठेको साझा संस्थाको रुपमा अभिभावकिय भूमिका रहने गरी राजा सहितको प्रजातन्त्रको पक्षमा रहेको बताउँनु भयो ।
शासन जनताले गर्ने राजसंस्था एकताको सुत्रको रुपमा अभिभावक मात्र हुने थापाको कथन थियो । ९४ प्रतिशत जनताको आस्था, विश्वास र पहिचानलाई लत्याएर मुलुकले प्रगति गर्न नसक्ने भन्दै थापाले हिन्दु राष्ट्रको पहिचान जोगाउनु पर्नेमा जोड दिनु भयो  । उँहाले एकताबाट राप्रपा मुलुकको बलियो शक्ति बनेको चर्चा गर्दै थापाले अब बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भयो भन्ने सन्देश जनताको घरदैलोमा पु¥याउनु पर्ने आवश्यकता औंल्याउँनु भयो  । “एक भएको राप्रपा अब कसैले चाहेर फुट्दैन, हामी बलियो र अग्रणी शक्ति बन्यौ, अब जनतामा जान ढिला नगरौं” ।  भन्दै थापाले सबैलाइ इमान्दारतिाका साथ  जनपक्षीय काम गर्न  अनुरोध गर्नुभयो । कार्यक्रममा महिला संगठनका केन्द्रीय अध्यक्ष कुन्ती कुमारी शाही, उद्धव पौडेल, निना भेटवाल, सुनिता कुरुम्बाङ्ग, नानु नगरकोटी, राजाराम बर्तौला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
यसै बिच राप्रपा सिन्धुपाल्चोक द्वारा बिहीबार भोटेकोसी गा.पा.मा राहत वितरण गरेको  छ । राप्रपाका नेता नारायण जगं पाण्डेका अनुसार मृतक हरु १० जनालाई प्रति परिवार दस हजार नगद र विस्थापित हरुलाई खाद्यान वितरण गरिएको छ ।  

, ,