अर्जुन शर्मा,भदौ १२ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट महिला संगठनका केन्द्रीय माहासचिव कुमारी तामाङको पहलमा बिपन्न परिवारको कोठामा नै पुगेर खाद्यन्न सहयो गरिएको छ ।
मेलम्ची नगरपालिका स्थाइ ठेगाना भइ हाल जोरपाटीमा कोठा भाडामा लिएर बस्ने परिवारहरुलाई नेत्री तामाङको पहल र बिबिटिएम फाउण्डेसनको सहयोगमा खाद्यन्न सहयोग गरिएको हो ।
सरकारले लागु गरेको बन्दाबन्दीको समयमा बिहान बेलुकाको जोहो गर्न नै मुस्किल परिरहेको परिवारलाई सहयोग गरिएको माहासचिव तामाङले बताउनुभयो । जिबिकोपार्जन गर्न समस्या भइरहेको परिवारलाई प्रति परिवार १५ केजि चामल १ केजि नुन, १ लिटर तेल र २ केजि दाल सहयोग गरिएको बिबिटिएम फाउण्डेसनका अध्यक्ष नवराज तामाङले जानकारी दिनुभयो ।
माहासचिव तामाङको पहलमा उनिहरुलाई यस अघि पनि खाद्यन्न लगायत बिभिन्न राहत सामाग्री सहयोग गरिएको थियो ।