जिल्लामा २५ शैयाको आइसोलेसन थपिने

 अर्जुन शर्मा, चौतारा, भदौ २ । 

सिन्धुपाल्चोक जिल्लामा हाल रहेका भन्दा थप २५ शैयाको आइसोलेसन थपिने भएको छ । जिल्लामा हाल आइसोलेसन बेड ४० रहेको थियो ।

 जिल्ला समन्वय समितिको नयाँ भवनमा २५ थप गरि अब जिल्लामा  ६१ शैयाको आइसोलेसन रहने छन् । उक्त आइसोलेन वार्ड तयारीको काम आजबाट नै शुरु गरिने जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण तिवारीले जानकारी दिनुभएको छ । 

 पछिल्ला केही दिन यता जिल्लामा बढ्दै गएको कोरोना भाइरस संक्रमणको जोखिमललाई मध्यनजर गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ को पहलमा  आइसोलेसन वार्ड थपिने भएको हो । 

सिन्धुपाल्चोकमा कार्यरत एक गैरसरकारी संस्थाका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि चौताराका विभिन्न तीन स्थान सिल भएको छ । संक्रमित मध्येका २ जना अलपत्र अवस्थामा रहेको सामाजिक सञ्जाल तथा संचार माध्यममा चर्चा भएपछि मन्त्री सिन्धुपाल्चोकबाटै निर्वाचित हुनु भएका मन्त्री दुलालले जिल्लामा संक्रमित राख्ने ठाउँ नभएपछि आइसोलेसन वार्ड थप्ने विशेष पहल गर्नुभएको हो । संक्रमितहरुलाई हाल स्वास्थ्य कार्यालयको आइसोलेसनमा राखिएको छ ।

सो संस्थाको कार्यालय रहेको चौतारा साँगाचोकगढी नगरपालिका– ५ किसानटोलको घर, संस्थाका कर्मचारी खाजा, खाना खाने स्थानीय बाबुकाजी श्रेष्ठ र नारायण श्रेष्ठको होटललाई समेत सिल गरिएको छ । कोरोना संक्रमित भएकाहरु चितवनमा एक तालिममा सहभागी भई साउन २८ सिन्धुपाल्चोक आइपुगेका थिए ।

मन्त्रालयले सिन्धुपाल्चोकमा २५ सहित बागमती प्रदेसभित्र अहिले संचालनमा भइरहेका भन्दा बाहेक थप ६५० शैयाको आइसोलेसन संचालनमा ल्याउने भएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ का अनुसार सिन्धुपाल्चोक, दोलखा, रामेछाप र रसुवामा २५ शैयाको आइसोलेसन थप गरिने भएको हो । त्यस्तै, धादिङ, नुवाकोट र सिन्धुलीको सदरमुकाममा ५० शैया, भक्तपुर र मकवानपुरमा २०० शैयाको आइसोलेसन संचालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । त्यस्तै, सिन्धुली, धादिङ र नुवाकोटमा ४ शैया, हेटौंडा र भक्तपुरमा १० शैयाको आइसीयु संचालनमा ल्याइने भएको छ। 

, , ,