एक पछी अर्काे लोकप्रियता कमाउँदै मोहन बस्नेत


 बिपना तामाङ्ग

नेपाली काँग्रेसका केन्द्रीय सदस्य  पुर्ब मन्त्री मोहन  बहादुर बस्नेतले सिन्धुपाल्चोकको लिदी पहिरोमा परी आफन्त गुमाएका बालबालिकाहरुलाई कक्षा १२ सम्म निशुल्क पढाउने  घोषणा गर्नु भएको  छ ।


सिन्धुबासीको हरेक बिपतीका बेला साथ दिने गर्नु भएका नेता बस्नेतले जुरे  पहीरो , भुकम्प , लगाएत देैबि प्रकोपमा परेकाहरुका लागी बिषेश राहतका कार्यक्रमहरु दिइ रहनु भएको छ । उहाँले एकविज्ञप्ति जारी गर्दै ती बालबालिकाकासहित जम्बु बाढीमा आफ्न गुमाएका एकजना गरी ८ जनालाई कक्षा १० सम्म राजधानीमै होस्टलमा राखी पढाउने घोषणा गर्नु भएका् हो ।

यस अघी कोरोनाका कारण मृत्यु भएकाहरुका बालबालीकालाइ निशुल्क शिक्षाको ब्यबस्था गर्दै सिन्धुपाल्चोकका सुरक्षा कर्मी, स्वास्थयकर्मीहरुको कोरोना बिमा समेत गरेर लोकप्रियता कमाउँनु भएका बस्नेतले यसरी पहीरो पिडीत बालबालीकालाइ निशुल्क शिक्षाको ब्यबस्था गरिदिन लागेको हुँदा यस कार्यको देश भरिबाटै प्रशसां गरिएको छ । काँग्रेस खेलकुद प्रमुखसमेत रहनु भएका बस्नेतले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ’पहिरोबाट अभिभावक गुमाएर टुहुरो हुने हरुमा स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ, साङबहादुर दोङकी छोरी गरी सात (७) जना र आषाढ २५ गते जम्बुको बाढी पहिरोबाट आफ्नो ५ जना परिवार गुमाएर एक्लै बाँचेकी छिरिङ गोलेसमेत गरी ८ जना बच्चाहरुको १२ कक्षा सम्मको पठन पाठनको व्यवस्था गर्ने जिम्मा आफूले लिने घोषणा गर्दछु।’ भन्नु भएको छ । जिल्लाको जुगल गाउँपालिकास्थित वडा २ को लिदीमा गत साउन ३० गते पहिरो खस्दा ३२ जनाको मृत्यु भएको छ भने ७ जना अझै बेपत्ता छन्। एक पछी अर्काे लोकप्रियता कमाउँदै जानु भएका बस्नेतलाइ  फेसबुक मार्फत धेरैले  धन्यबाद समेत दिएका छन । 



, , , , , ,